शुक्रबार १४ माघ २०७८

यि सुनसहितको झोला पुल्चोकमा फेला परेको छ । शेयर गरिदिनु । हिजो बिहान अन्दाजी १० बजे तिर पुल्चोक नारायणगढमा रहेको पाथिभरा ढाका पसल अगाडि यो कालो झोला फेला परेको रहेछ्।

झोला यहि पसल सन्चालक आदरणीय दाइ रुजन कर्माचार्य दाइले फेला पार्नुभएको रहेछ्। उहाले दिनभर कोहि आउछ कि भनेर कुरेर बस्नुभएछ दिनभरि कोहि न आइसकेपछि अहिले मलाइ बोलाएर यो झोला हस्तान्तरण गर्नुभएको छ्।

सम्बन्धित ब्यक्तिले आधिकारिक कागज पत्र साथ हामिलाइ खबर गर्नुहोला। मनकारि आदरणीय दाइ प्रति सलाम यस्तो सोच अब सबैको हुन जरुरी छ्।सम्पर्क न:9855054341

 

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

उनीहरूलाई शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको हो । हाल ती देशबाट नेपालतर्फ आउने क्रममा बाटोमा रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने बताइएको छ । यसबारेमा मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक हुन भने बाँकी नै छ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले उनीहरूलाई नेपाल प्रवेशमा कडाइ गरिएको हो । बिहीबार मात्रै छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ वटा केसहरू भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका पूर्वप्रवक्ता डा जागेश्वर गौतमले भारतमा नयाँ भेरियन्ट भेटिएको केही समयमा नै नेपाल आउने बताइसकेका छन् ।


Last Updated on: December 5th, 2021 at 3:54 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया