शुक्रबार १४ माघ २०७८

काठमाडौ । जहाजमा यात्रा गरिरहेको बेला धेरै कुरा ब’र्जित गरिन्छ । विमान परिचारिकाले ब’र्जित गरिएका विषयहरु माइकबाट भन्ने गर्दछन् । तर ब’र्जित नगरिएका विषयमा कुनै रोकावट हुन्न । महिलालाई स्तनपान गराउन विमानमा छुट छ ।

तर एउटा घटना यस्तो भइदियो जहाँ एक महिलाले आफूसँगै लगेको बिरालोलाई आफ्नो स्तनपान गराउन थालिन् तब जहाजका यात्रुहरु चकित परे । सबै यात्रुका अगाडि महिलाले बिरालोलाई दूध चुसाउन थालेको घटनाले सबै यात्रुलाई हैरान बनायो ।

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।


उनीहरूलाई शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको हो । हाल ती देशबाट नेपालतर्फ आउने क्रममा बाटोमा रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने बताइएको छ । यसबारेमा मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक हुन भने बाँकी नै छ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले उनीहरूलाई नेपाल प्रवेशमा कडाइ गरिएको हो । बिहीबार मात्रै छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ वटा केसहरू भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका पूर्वप्रवक्ता डा जागेश्वर गौतमले भारतमा नयाँ भेरियन्ट भेटिएको केही समयमा नै नेपाल आउने बताइसकेका छन् ।


Last Updated on: December 5th, 2021 at 4:01 pm
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया