शुक्रबार १४ माघ २०७८

बाँके । सबैले भन्ने गर्छन् यो समयका बुहारीले सासुलाई मन पराउँदैनन् । सासुलाई माया गर्दैनन् । श्रीमान नहुँदा त झनै हेला गर्ने गर्छन् आदि ईत्यादि । तर बाँकेको कोहलपुरमा भने एउटी यस्ती बुहरी छिन् जस्ले भन्नेहरुको भनाई र गर्नेहरको गराईलाई गलत साबित गरिदिएकी छन् । उनले अरुको मुख बन्द गर्नकोलागी भने सासुलाई माया गरेकी भने पक्कै होइन तर उनले आफ्नो सासुलाई गरेको माया, हेरचाह र सम्मानले सबै सासु बुहारीलाई नै एउटा पाठ सिकाउने छ ।

सामाजिक संजालको टिकटकमा तिनै सासु बुहारी निकै नै लोकप्रिय छन् । उनिहरुको भिडियो धेरैले मन पनि पराउँछन् । नेपाली समाजमा सासू र बुहारिको सम्बन्धको बारेमा प्रायजसो नमिलेकै देख्ने गरिन्छ । तर टिकटकमा देखिने यी सासू बुहारिको जोडि भने उदाहरणीय छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका ८ घर भएका उनिहरु पछिल्लो समय टिकटकमा निकै चर्चामा रहेका छन । बुहारी शिक्षिका हुन् भने सासू घरमै बस्ने गर्दछिन् ।

६५ वर्षीय सासुलाई टिकटकमा नचाएर खुशी राखेकी बुहारी आफुहरुको सम्बन्ध पनि घरमा यसरी नै खुशी साथ रहने गरेको बताउँछिन् । बुहारिसगैँ अहिले आफू पनि जानी नजानी नाच्न गाउन थालेको ती सासुले बताउँछिन् । साथै बुहारिले नै आफुलाई यो सब सिकाएकोले आफुले पनि गरेको उनले बताईन् ।

आफू १७ वर्षको हुदाँ घरबाट नै मागी बिबाह भएको र त्यो समयमा यसरी अहिले जस्तो स्वतन्त्र नहुने भएकोले आहिले केही समयदेखी मात्र टिकटक चलाउन र भिडियो बनाउन थालेको बुहारी बताउँछिन् । मागी बिबाह भएकोले गर्दा पनि श्रीमानसगँ बोल्न हिँड्न नै डर लाग्ने साथै घरमा सासुसगँ पनि त्यस्तै हुने भएकोले पनि एक वर्ष सम्म कहिलेकाही सासुसगँ लुकेर भिडियो बनाउने गरेको बुहारी बताउँछिन् ।

श्रीमान भने ईन्डियन आर्मी भएकोले घरमा सधै नहुने हुदाँ सासुसगँ ड र र ला ज दुबै भएर त्यसरी लुकेर बनाउनु परेको उनको भनाई छ । सासुले भने आफुले बुहारिले त्यसरी लुकेर नाँच्दै भिडियो बनाएको थाहा पाए पनि थाहा नापएको जस्तो नदेखेको जस्तो गरेर हिँड्ने गरेको बताउँछिन् । आफुले बुहारिलाई कहिल्यै पराई जस्तो ब्याबहार नगरी आफ्नै छोरी जस्तो ठान्ने गरेकोले पनि बुहारिले पनि आफुलाई धेरै माया गर्ने बताईन् ।

आफ्ना दुई छोरा मात्र भएको र श्रीमान पनि आफू २२ वर्षको हुदा नै बिते पछि छिमेकिहरुले छोरी नभएकोले बुढेसकालमा माया गर्ने कोहि हुदैनन अर्काकी छोरी बुहारी बनेर आएकाले सासुलाई हेरचाह गर्दैनन भन्ने गरेको ती सासु बताउँछिन् । बुहारिले बुढेसकालमा हेरचाह गर्नुको सट्टा बरु उल्टै छोरालाई नै टाढा बनाउछन् भन्दै छिमेकिहरुले भन्दा आफुले भने त्यो त आफ्नो ब्याबहार अनुसार हुन्छ भन्ने गरेको उनी बताउँछिन् ।

तर अहिले बुहारिले छिमेकिले भने जस्तो नगरी आफ्नै छोरी जस्तो गरेर राखेको उनको भनाई छ । सुरुसुरुमा सासुसगँ देखिएर भिडियो बनाउन लाज लागे पनि पछि टिकटकमा थुप्रैले त्यसरी बनाएको देखेर आफुले पनि भनेको बुहारी बताउँछिन् । सासुले पनि मानेर जानि नजानी साथ दिने गरेको उनको भनाई छ । सुनौं सासु बुहारीको रामाईलो कुराकानी भिडियोमा


Last Updated on: December 8th, 2021 at 12:26 pm
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया