आइतबार २१ जेठ २०८०

काठमाडौं — तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । ती शव अधिकांश जलेका छन् ।

उक्त हेलिकप्टरमा भारतीय रक्षा प्रमुख विपिन रावत पनि सवार थिए । उनलाई दुर्घटनापछि अस्पताल भर्ना गरिएको छ । तर उनको अवस्थाबारे केही पनि खुलाइएको छैन ।

भारतीय सेनाको एमआई–१७भी५ हेलिकप्टर बुधबार दुर्घटनामा परेको थियो । घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो । यसमा गम्भीर घाइते भएका रावतलाई उपचारका लागि वेलिङ्टनको सैनिक अस्पताल लगिएको थियो ।

यो हेलिकप्टरमा भारतीय रक्षा प्रमुख जनरल विपिन रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए ।

जनरल विपिन रावत भारतका पहिलो रक्षा प्रमुख हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए ।

को-को थिए हेलिकप्टरमा ?

हेलिकप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

 


Last Updated on: December 8th, 2021 at 5:58 pm
५२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया