बुधबार २४ जेठ २०८०

वैदेशिक रोजगारिम आउने जाने गरेका झापका अर्जुन गिरि पछिल्लो समय दुई वर्ष अघि मलेसिया गएका थिए । पुरानो घर भोजपुर भएका अर्जुन करिव ११ वर्ष वैदेशिक रोजगारीमा बिदेश बस्दै आएका छन । झापामा जग्गा किनेर त्यही घर बनाई श्रीमती र छोरालाई घरमा छोडी आफु घर बनाउदाको केही ऋण रहेकोले दुई वर्ष अघि मलेसिया गएको अर्जुन बताउँछन । तर अहिले भने श्रीमती बेपत्ता भएको भन्दै आफू मिडियामा आएको बताए ।

आफू बिदेश गए पछि भने श्रीमती कला गिरि अर्कैसगँ लागेको उनले बताए । आफू बिदेश गए पछि श्रीमतिले छोरालाई होस्टलमा राखेर आफू भने एक जना प्रहरीसग लागेको भन्ने आफुले थाहा पाएको उनले बताए । आफू बिदेश मै भएको बेला उक्त ब्याक्तिसगँ श्रीमतिलाई गाउँलेहरुले रङ्गेहात भेटे पछि प्रहरिको जिम्मा लगाएको उनको भनाई छ । त्यो बेला आफू भर्खरै गएको र कोरोनाको कारण पनि आउन न पाएकोले प्रहरीले एक रात राखी छोडिदिएको उनले बताए ।

प्रहरिले छोडिदिए पछि भने गाउँलेहरुले रङ्गेहात भेटेकोले त्यहाँ नबसी श्रीमती सम्पर्क बिहिन भएको उनले बताए । दुई वर्ष अघि देखि श्रीमती सम्पर्क बिहिन भएको उनले बताए । छोरा भने त्यही होस्टलमा नै रहेको र अहिले आफू बिदेशबाट फर्किए पछि काठमाडौ बस्दै आएको र छोरालाई साथमा ल्याएको उनले बताए । आफू १ महिना अघि नेपाल आएको उनको भनाई छ । अहिले भने आफुले कमाएर किनेको घर जग्गा सबै श्रीमती कै नाममा भएकोले त्यो फिर्ताका लागि श्रीमतीको खोजी गर्न आफू मिडियामा आएको उनले बताए ।

आफुले करिव ११ वर्ष बिदेशमा बसेर कमाएको सबै त्यही घर जग्गामै लगानी भएको उनले बताए । केही समय अघि आफू झापा जादाँ उक्त घर जग्गा बेचाबिक्री श्रीमतिले नगरेको आफुले बुझेको उनको भनाई छ । आफू बिदेशमा हुदा पनि आफ्नो नाता, छिमेकी इत्यादिको माध्यमबाट श्रीमतीलाई खोज्ने प्रयास भने गरेको उनले बताए । तर पनि श्रीमति कतै सम्पर्कमा नआएको उनले बताए । श्रीमती रङ्गेहात भेटिएको भनेको ब्याक्ती पनि सशस्त्र प्रहरी भएको बुझेको उनले बताए ।

आफुले प्रहरिमा बुझ्दा उक्त ब्याक्ती कतै सरुवा भै सकेको भन्दै जानकारी नभएको बताएको उनको भनाई छ । रङ्गेहात भेटिए पछि उक्त ब्याक्ती पनि त्यहा नभएको उनको भनाई छ । अहिले श्रीमती र उक्त ब्याक्ती सगै भए नभएको आफुलाई थाहा नभएको अर्जुनले बताए । श्रीमतिले आफुले लगाएको गर गहना, जग्गाको कागजात लिएर हिडेको उनले बताए । अहिले आफुलाई भने श्रीमतिले घर जग्गा आफ्नो नाममा गरि, डिभोर्स दिएर जावस भन्ने मात्र भएको उनले बताए । (भिडियो हेर्नुस)


Last Updated on: December 9th, 2021 at 10:51 am
१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया