बिहिबार २५ जेठ २०८०

काठमाण्डौ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

लोकप्रिय गायिका जमुना सनमको आवाज रहेको निकै सुमधुर गीत चार आना भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतलाई राजु सुनामले लय तथा शब्द सिर्जना गरेका छन भने संगीत संयोजन साथै आवाज समेत राजुकै रहेको छ । माया प्रेमलाई गीतले निकै उत्कृष्ट रुपमा उठाएको छ । गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ ।

गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन भने मेक्सन खाती र विना विश्वकर्माको अभिनय रहेको छ । गीतलाई सनम क्रियसनबाट बजार ब्यवस्थापन गरिएको छ ।


Last Updated on: December 9th, 2021 at 12:24 pm
६८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया