बिहिबार २५ जेठ २०८०

डिसेम्बर ८ बुधवार भारत यस वर्षकै सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण घटनाको साक्षी बनेको छ । तमिलनाडुको कुन्नूरमा सेनाको हेलिकप्टर दुर्घटना चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन भएको छ । उनी भारतका लागि बहुमूल्य रत्न थिए जसलाई गुमाउनु देशको लागि क्षति हो जुन क्षतिपूर्ति गर्न असम्भव छ ।

देशका यी बहादुर सिपाहीको निधनमा बलिउड सेलिब्रेटीले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । अनुपम खेरले बिपिन रावतको दुर्भाग्यपूर्ण निधनप्रति दुःख व्यक्त गरेका छन् । अभिनेताले सीडीएससँगको केही बैठकका तस्विरहरू साझा गर्दै लेखेका छन्– बिपीन जी उहाँकी पत्नी र ११ थप सेना अधिकारीहरूको निधनको खबर सुनेर गहिरो दुःख लाग्यो।

जनरल रावतसँग पटक पटक भेट्ने सौभाग्य मिलेको छ । उनको व्यक्तित्वमा अचम्मको साहस र देशप्रतिको अथाह माया थियो । उनिहरु संग हात मिलाउँदा मन र मुख बाट स्वतःजय हिन्द निस्किन्थ्यो जयहिन्द । सोनु सूदले पनि आफ्नो फोटो सेयर गर्दै जनरल बिपिन रावतलाई श्रद्धाञ्जली दिएका छन् । उनले लेखेका छन्– तिमी सधैं जीवित रहनेछौ’ ।

त्यस्तै निर्देशक करण जोहरले लेखेका छन्– ‘जनरल बिपिन रावत, उनकी पत्नी र भारतीय सेनाका जवानको निधनले स्तब्ध र गहिरो दुःख लागेको छ। राष्ट्रको सेवामा उनले गरेको बहादुरी, साहस र निस्वार्थता देखाउनुभयो, म उहाँलाई सलाम गर्दछु, हामी यो हारबाट दुखी छौं। स्वर्गमा बास गर्नुहोस्। त्यस्तै हाँस्यकलाकार राजु श्रीवास्तवले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले भने– ‘यो खबर सुने पछि मेरो मन विचलित भएको छ । अत्यन्त दर्दनाक दुर्घटना, ठूलो क्षति, रक्षा क्षेत्रमा उहाँको योगदानलाई देशले कहिल्यै भुल्ने छैन । जनरल विपिन रावतले सेनामा रहेर ठूलो सेवा गरेका छन् । अभिवादन। दुर्घटनामा परि सीडीएस रावत आफ्नी पत्नी मधुलिका, ब्रिगेडियर लिडर, हरजिंदर सिंह लेफ्टिनेन्ट कर्नल, एनके गुरसेवक सिंह पीएसओ, एनके जितेन्द्र कुमार पीएसओ, एलएनके विवेक कुमार, एलएनके बी साई तेजा, हवलदार सतपालको निधन भएको हो ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको क्षेत्र निकै घना रहेको थियो । दुर्घटना यति दर्दनाक थियो कि चारैतिर आगो फैलिएको थियो।


Last Updated on: December 9th, 2021 at 2:02 pm
५६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया