आइतबार १४ जेठ २०८०

काठमाडौ । नेकपालाई सर्वोच्च अदालले भंग गरिदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ओलीको विकल्प खोजीमा लागिरहे । पार्टीलाई एकलौटी रुपमा चलाएको आरोप लगाउँदै आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री हुन नदिने खेलमा लागे नेपाल । तर पछिल्लो समय नेकपा एमालेको विवाद सुल्झने क्रममा छ । एमालेका अध्यक्ष रहेका केपी शर्मा ओली र नेपाल अहिले वार्ताका क्रममा छन् ।

प्रधानमन्त्री ओलीले संसदवाट विश्वासको मत नपाएपनि अहिले ओली नै प्रधानमन्त्री छन् । ओली इतरका नेताहरुले जति नै गठबन्धन गरेपनि ओलीलाई प्रधानमन्त्री पद छोड्न तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब नयाँ योजना तयार गरेको उनकै पार्टीका नेता तथा सांसद टेकवहादुर वस्नेतले खुलासा गरेका छन् । अहिले संसदमा सबैभन्दा ठूलो पार्टीको नेता भएको हैसियतमा ओली फेरी पनि प्रधानमन्त्री बनेका हुन् ।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

1 Cup Of This Daily Burns 12 Lbs Of Fat In A Week! Try Tonight
Ketoadvanced

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
राजनीति चमत्कारीक ढंगले परिवर्तन भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अब अरुको सहयोगले राजनीतिमा विजय हुन सकिन्न भन्ने बुझेको बस्नेतले बताएका छन् । अब आफ्नै बलबुतामा ओलीलाई हराउने रणनीतिमा लागेको उनको भनाई छ । उनले अब एक महिनामै त्यसको परिणाम देखिने दावी पनि गरेका छन् । राष्ट्रिय राजनीतिमा ठूलो हेरफेर हुने दावी गरेका छन् । कम्युनिष्ट आन्दोलनमै हेरफेर भएर ध्रुविकरण नै परिवर्तन हुने दावी गरेका छन् ।


Last Updated on: May 20th, 2021 at 11:49 am
५११ पटक हेरिएको

तपाईको प्रतिक्रिया