
काठमाडौँ / पोखराकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लो बल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडि जीमा प्रेन्सा छनोट भएकी हुन् ।
आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रे न्साको प्रतिभा र कामका आधार मा छनोट गरिएको जनाएको छ । प्रेन्साले कोरो ना महामारीका बेला जारी भएको लकडा उनका बेला फुड बैंक, क्लोथ बैंक र बुक बैंक अभियान चलाएकी थिइन् ।
बुक बैंक अभियानलाई भने प्रेन्साले अहिले पनि निरन्तरता दिएकी छिन् ।२०२२ को फेब्रुअरीको अन्तिम साता दुब,,ईमा अवार्ड समारोह आयोज ना हुने भएको छ । अन्तर्राष्ट्रिय अवा र्डमा छनोट हुँदा देशलाई चिनाउने मौका मिलेको र आफू लाई गर्व लागेको प्रेन्साले बताएकी छिन् ।
अन्य समाचार | काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्र,मण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ‘ओमिक्रोन’ भेरियन्टको सङ् क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरे को हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले सम्म याे भेरियन्ट नेपालमा फेला परेको छैन ।
उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निग रानी र परीक्षणको दायरालाई फराकिलो पारि एको बताउनुभयो । नयाँ देखिएको यो भेरियन्ट लाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई
सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ, उहाँले वि,ज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।उहाँका अनुसार याे भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखि एको छ ।
ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मे वार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न/गराउनसमेत मन्त्रा लयले अनुरोध गरेको छ ।केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी.१.१. ५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ ।
विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको छ ।मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।