
केही हxप्ता अघि झापा जिल्लाको दमक नगरपालिका २ बस्दै आएकी सरस्वती राई श्रीमानले अर्कै महिला लिएर हिडेपछी आफू र आफ्ना छोराछोरीको बिचल्नी भएको भन्दै मिडियामा आएकी थिइन । आफ्ना दुई स-साना छोराछोरी सहित मिडियामा आएकी सरस्वतीले श्रीमानले पहिले देखि नै छोराछोरी तथा आफुलाई कुनै खर्च नदिने गरेको बताएकी थिइन । अहिले भने श्रीमान किरण लिम्बुले अर्कै एक महिला लिएर हिडेको उनले बताएकी थिइन । अहिले श्रीमान सम्पर्क बिहिन भएको उनको भनाई थियो ।
सरस्वती मिडियामा आए पछि भने उनका श्रीमान सम्पर्कमा आएका थिए । उनका श्रीमान किरण लिम्बु घरमा आएर केही दिन बसेका थिए । सम्पर्कमा आए पछि उनले आफू केही दिन दाजुको घर गएको बताएका थिए । उनले अर्कि बिबाह गरेको पनि स्विकार गरेका थिए । आफुले कान्छी श्रीमती बिबाह गरेर आफू पाचँथर बस्दै आएको पनि किरणले बताएका थिए । जेठी श्रीमती सरस्वतीले पहाड बस्न नमाने पछि आफुले कान्छी बिबाह गरि बसेको किरणले बताएका थिए ।
घर आएको केही दिनमा नै किरण फेरि फरार भएका थिए । श्रीमान जाँदै गर्दा आफुले कहाँ जान लागेको भने सोध्दा आफुलाई उजुरी हालेकोले आफू प्रहरी चौकी हिडेको भनी जवाफ दिएको उनको भनाई रहेको थियो । आफुलाई कान्छी श्रीमती कल्पनाले उजुरि हालेको भन्दै श्रीमान हिडेको उनले बताएकी थिइन । अहिले भने किरणको परिवार पनि मिडियामा आएको छ । किरणकि आमा र दिदिका अनुसार किरण बिगत ४ वर्ष अघि देखि कल्पना केरुङसगँ लागेको बताए । आफुहरुले सम्झाउदा पनि नमानेको उनिहरुले बताए ।
उनिहरुले कल्पनालाई आफुहरु बुहारी नमान्ने बताए । सरस्वतीलाई आफुहरुले बिबाह गरि भित्राएको भन्दै आफ्नो बुहारी सरस्वती नै भएको र अरु कसैलाई बुहारी भनी घरमा ल्याउन नदिने उनिहरुले बताए । किरणकि आमाले भने बुहारी सरस्वतीको कुनै गल्ती नभएको बताईन । बुहारिले आफू लगाएत परिवारमा सबैलाई राम्रो ब्याबहार गर्ने भएकोले दोष दिने केही नभएको बताईन । छोराले नै बुहारिको यसरी बिचल्नी बनाएको र घर परिवार पनि छोराले न बिगारेको उनले बताईन ।
सरस्वतीले भने कल्पना केरुङले फोन गरेर आफुलाई धम्की दिएको उनले बताईन । किरणकि दिदिले पनि आफुले फोन गरेर सम्झाउन खोज्दा धम्की दिने गरेको बताईन । तर श्रीमानले भने कल्पना आफुसगँ नभएको भन्दै फोन गर्ने गरेको सरस्वती बताउँछिन । यता कल्पना भने तेरो पोइ म सग छ के गर्न सक्छेस भन्दै धम्की दिने गरेको उन्ले बताईन । किरणकि दिदिले भने कल्पनाले किरणलाई यदि आफुलाई छोडे आफू आ’त्माह’त्या गर्ने भनी धम्की दिने गरेको बुझेको बताईन । कल्पना केरुङ एमालेकी स्थानिय तहकी महिला नेता हुन । (भिडियो हेर्नुस)