बुधबार १७ जेठ २०८०

मार्तडी, २३ मङ्सिर -बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृxत्यु भएको छ । मृxत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले राससलाई जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।

गाडी चालक र सहचालकको घटनास्थलमै मृxत्यु भएको ठगुन्नाले बताउनुभयो । मृxतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुxर्घxटxनाxबाxरेxमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । (रासस)


Last Updated on: December 9th, 2021 at 5:03 pm
४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया