मंगलबार २३ जेठ २०८०

अँगालो हालेर खुशी हुंदै घर फर्केका श्रीमान श्रीमती लाई ध’म्की दिने तेजप्रदेशीसँग पत्रकार किशोर श्रेष्ठको च’र्का’च’र्की अब एस्तो गर्ने बताए(भिडियो सहित)
May 20, 2021 i news 13NewsNo Commenton अँगालो हालेर खुशी हुंदै घर फर्केका श्रीमान श्रीमती लाई ध’म्की दिने तेजप्रदेशीसँग पत्रकार किशोर श्रेष्ठको च’र्का’च’र्की अब एस्तो गर्ने बताए(भिडियो सहित)
श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मन मु’टाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ ।

विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ। जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ ।

एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको ह’त्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ । श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् ।

यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् । धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ।

एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ । यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घटनाले अहिले चर्चा बटुली रहेको छ।

उनी फोनको कारणले रिसाएर हिडेकी थिइन्। श्रीमानले अर्कै पुरुषसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमती संग विवाद भयो । देश परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसैसंग जा भनेर श्रीमानले भनेपछि विमला राई घर छोडेर हिडेकी थिइन् । उनी धेरै दिन पछि मोरगंमा फेला परिन् ।

सुरुमा त श्री’मानसंग म घर फर्केर आउँदिन भनेकी थिइन् । तर श्रीमानले उनलाई फ’काएर ल्याए । बलबहादुर दर्नाल र विमला राई अहिले खुसी साथ घर फर्किएका छन् । मलेसियामा बस्ने देश परदेशी राईका कारण संखुवासभामा बसेका श्रीमान श्रीमतीबीच वि’वाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला घर फर्केका छन् ।

श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाएपछि संखुवासभावाट उनी श्रीमती लिन कानेपोखरी पुगेका थिए । अर्को मान्छेले जतिबेला पनि फोन गरीरहने र श्रीमती त्यो मानिससंग बोलेको बोल्यै गर्ने गरेका कारण उनीहरुबीच विवाद भएको हो। श्रीमानले त्यती बेला राम्रो तरिकाले सम्झाएको भए म घर छोडेर हिडेकी थिएँ, जो संग फोनमा कुरा गर्थे ति ब्यक्ति मेरा गाउँले दाई हुन् ।

देश परदेशी राईलाई दोशी भन्नेहरुलाई म भन्छु त्यसमा म पनि दोशी हो । मैले पनि उहाँसंग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफुलाई पनि निकै प’छुतो लागेको बताएकी छन् । मैले बेकारमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी देश परदेशी राईसंग कुरा गर्दा तिम्रो श्री’मान निकै रोएका छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झाएको बताएका छन् ।

उनले तिनलाई दाई नै भन्ने गरेको र उनीसंग सबै सामु माफी समेत मागेकी छन् । उनले अब देखि विदेशमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने बताएकी छन् । मैले आफ्नै तरिकाले घर छोडे तर आरोप दाईलाई आयो । म माफी चाहन्छु ।

 


Last Updated on: May 20th, 2021 at 11:52 am
५६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया