बुधबार २४ जेठ २०८०

कक्षा १२ का ३ शैक्षिक प्रमाणपत्र निकाल्न राष्ट्रिय परी’क्षा बोर्डले ११०० रुपैयाँ शुल्क तोकेको छ । ग्रेडवृद्धि परीक्षाबाट उत्तीर्ण भएकाको हकमा भने ३५० रुपैयाँ अतिरिक्त शुल्क तोकिएको छ । विद्यार्थीहरूसँग सोभन्दा बढी रकम नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई अनुरो’ध गरे’को छ ।

यसपटक विद्यार्थीले कक्षा १२ को शैक्षिक प्रमाण’पत्र स्कुलबाटै लिन सक्ने भएका छन् । गत वर्षसम्म विद्यार्थीले आफैं बोर्डका कार्यालय पुगेर निवेदन दिएर मात्र प्रमाणपत्र प्राप्त गर्थे । बोर्ड’बाट वितरण गर्दा भिडभाड हुने र को’भिड’को स’ङ्क्र’मणको जो’खिम हुने भन्दै बोर्डले यस्तो निर्णय गरेको हो ।

विद्यालयले आवश्यक कागजात र रकम बोर्डको कार्यालयमा जम्मा गरेको ७ दिनपछि बोर्डले प्रमाणपत्र उपलब्ध गराउनेछ । यसपटक बोर्डले आफ्नो कार्यालयबाट विद्यार्थीलाई प्रमाणप’त्र उपलब्ध नगराउने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्व’जनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो । नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ रहेको छ । को’भि’ड महा’मा’रीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको हो ।

गत वर्ष विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गर्दा माथिल्लो जीपी’ए ल्याउने विद्यार्थीको संख्या बढेको थियो । गतवर्षको तुलनामा उक्त संख्या घटेको अर्यालले जनाए । यसपटक ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जना, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जना विद्यार्थीले ल्याएका छन् ।

त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ ज’नाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १० हजार ७३ जना रहेको छ । ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् । उनीहरुको पनि नतिजा सार्वजनिक गरिएको छ ।

कुल परीक्षार्थीमध्ये ४६ जनालाई मर्यादाविपरीत कार्य गरेकोले निष्का’शित गरिएको बोर्डले जनाएको छ । ४ जना नक्कली परीक्षार्थी र २ जना टिकटक बनाउनेलाई पनि कारबाही गरिएको छ । टिकटक बनाउने परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षकलाई कारबाहीसहित थप विभागीय कारबाहीका लागि शिक्षा मन्त्रालयमा सिफारिस गरिएको अर्यालले बताए ।

शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय ग’रेको हो । को’रो’नाका कारण दुई पटकसम्म परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

 


Last Updated on: December 10th, 2021 at 11:22 am
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया