बुधबार १७ जेठ २०८०

उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ।

हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका–६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन्। स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो।

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो। व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूतिगृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन्।

स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ । हिउँले गाउँभरी सेताम्य भएको र बाटोसमेत अवरुद्ध भएकाले हेलिकोप्टरबाट उनको उद्धार गरिएको थियो।

केप टाउन / काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरा’मीले भरिएका छन् ।

अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरु’लाई खाे’प लगाउन आ’ह्वान गरेका छन् ।

यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार सं’क्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाकाे स’रुवा राेगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लाे समयमा सं’क्रमणमा भएकाे बृद्धि अ’प्रत्या’सित हाे ।

देश काेभिडकाे चाैथाे ल’हरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ‘दु’र्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,’ सं’क्रमक राेग विज्ञ इयान साने भन्छन् ।

संक्र’मितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् ।

 


Last Updated on: December 10th, 2021 at 12:34 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया