बुधबार १७ जेठ २०८०

बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि….

पूर्वपश्चिम राजमार्गकाे सिराहा खण्डकाे छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् ।

‘बच्चा रो’इ’रहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।

शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएकाे छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।


Last Updated on: December 10th, 2021 at 1:53 pm
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया