
एजेन्सी : दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घ’टना हुँदा कम्तिमा ४९ जना’को मृ’त्यु भएको छ भने एक दर्जनभन्दा बढी घा’इते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठो’कि’दा ट्रक दु’र्घटनामा परेको हो । दु’र्घटनापछि ट्रक सडकमा उ’त्तानो परेको थियो ।
दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो ।
यस्तै लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे हुँदै पिसहिल जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप बिहीबार भुष्मेको गोया खोल्सामा साढे ११ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना मगर, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ र सोही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिप लिएर पिस हिलमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको मध्ये एउटा जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका आठ जनामध्ये ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । जिपमा सवार १७ जना रहेकोमा मर्स्याङ्दी–९ बस्ने १४ वर्षीय विवेक विक र सोही ठाउँका ४७ वर्षीय चालक वीरेन्द्र थापाको टाउकोमा चोट लागेकाले जिल्ला अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारको लागि मनकामना अस्पताल चितवन रिफर गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीको भनाई छ ।
जीप सडकबाट १ सय २० मिटर तल खसेको थियो । साँघुरो बाटोमा जीप ब्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।