
काठमाडौं। भारतका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावतको नि’धनपछि खाली भएको पद देशको सुरक्षाको हिसाबले सर्वोच्च पद हो। यो पदमा नयाँ सीडीएस नियुक्त गर्नको लागि अझै केही दिनको समय लाग्नेछ। रिटायर्ड कर्नल डीपीके पिल्लइका अनुसार यो पद एक दिन पनि खाली रहन सक्दैन । यही नियम अनुसार सीडीएस हेडक्वार्टरमा बिपिन रावतपति दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्ण कार्यवाहक चीफ अफ डिफेन्स स्टाफ बनेका छन् ।
अब नयाँ सीडीएस नियुक्त हुँदा सम्म राधाकृष्णले सीडीएसको जिम्मेवारी सम्हाल्ने छन् । एयर मार्शल बीआर कृष्ण एभीएसएम, एससी भारतीय वायु सेनाका अधिकारी हुन् । उनले अहिले पश्चिमी वायु कमानका एयर अफिसर कमाण्डिङ इन चीफको रुपमा कार्यरत छन् ।
उनले एयरमार्शल विवेकराम चौधरीको अवकाशपछि १ जुलाइ २०२१ मा पदभार ग्रहण गरेका हुन् । यसअघि उनी वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन् । त्यसअघि उनले दक्षिण पश्चिमी वायु कमानका वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका थिए ।
बीआर कृष्ण राष्ट्रिय रक्षा एकेडेमी, रक्षा सेवा स्टाफ कलेज वेलिङटन र राष्ट्रिय रक्षा कलेजका पूर्व छात्र हुन्। बीआर कृष्णले २२ डिसेम्बर १९८३ मा भारतीइ वायु सेनामा ल’डा’कु पाइलटको रुपमा नियुक्ति पाएका थिए। उनीसँग परिचालन, निर्देशात्मक र परीक्षण उडान सहित विभिन्न ल’डा’कु विमानमा ५ हजार घण्टा उडानको अनुभव छ । उनी उक योग्य उडान प्रशिक्षक र एक परीक्षण पाइलट हुन् ।
३८ वर्ष लामो करिअरमा उनले फ्रन्ट लाइन लडाकु विमान स्क्याड्रनको कमान सम्हालेका छन् । उनले एयरफोर्स टेस्ट पाइलट स्कुलको पनि नेतृत्व गरेका छन्। उनी एयरक्राफ्ट सिस्टम्स टेस्टिङ एस्टाब्लिसमेन्टमा कमाण्डेन्ट थिए।
एयर मार्शलको रुपमा उनले दक्षिण पश्चिम वायु कमानको वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका छन् र एयर अफिसर कमाण्डिङ इन चीफका रुपमा आफ्नो पदोन्नती भन्दा पहिले उनलदे वायु संचालन महा निर्देशकको रुपमा काम गरेका छन् ।