बुधबार १७ जेठ २०८०

पुस ४ गतेदेखि यी ठाउँमा १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई को-रोना विरुद्धको खोप लगाउदै ! बालबालिकाले आउँदो पुस ४ गतेदेखि को-रोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको खोप शाखा प्रमुख सागर दाहालले विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन । यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो ।

तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् । पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी गरिएकाे छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।


Last Updated on: December 10th, 2021 at 3:10 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया