
काठमाडौं। आफ्ना मालिकसँग रिसाएकी एक महिला कर्मचारीले आफूले काम गर्ने तेलको गोदाम नै उडाइदिएकी छिन् । उनले लाइटरले एउटा कागजको टुक्रामा आ गो लगाएर इन्धन कन्टेनरमा फ्याँकिदिइन् । यसले थाइल्याण्डको नाखोन पाथोम प्रान्तमा रहेको प्रपाकोर्न आयल गोदाममा आ गो लाग्यो । यो घटनाले कम्पनीको करोडौंको नोक्सानी भएको छ ।
डेलीमेलका अनुसार ३८ वर्षकी आ रो पी महिलाको नाम एन श्रीया हो । उनले एक तेल गोदामलाई यसकारण पूरै जलाइदिइन् किनकि उनी आफ्ना मालिकको दो ष लगाउने र तनाव दिने व्यवहारका कारण दिक्क भएकी थिइन् । महिलाले गोदाममा आ गो ल गाइदिएपछि प्रज्वलनशील यसरी बल्यो कि त्यहाँ भयानक वि ष्फो ट भयो । आ गोको मुस्लो देखेर त्यस क्षेत्रमा भा गा भाग भयो ।
यो आ गो नियन्त्रण गर्नको लागि ४० भन्दा धेरै दमकल परिचालन गर्नुपरेको थियो । आ गो नियन्त्रण गर्न आपतकालीन सेवालाई करिब ४ घण्टा लागेको थियो । रिपोर्टका अनुसार गोदाममा रहेका कन्टेनरमा हजारौं ग्यालन तेल थियो । यो घटनाबाट कम्पनीलाई करिब १५ करोड रुपैयाँको नोक्सानी भएको छ । २९ नोभेम्बरमा भएको यो घटनापछि महिला कर्मचारीमाथि कारवाही अगाडि बढाइएको छ ।
पुलिसका अनुसार एन श्रीयालाई गि रफ्तार गरिएको छ र उनले अपराध स्वीकार गरेकी छिन् । आ रो पी महिलाका अनुसार उनका मालिकले उनलाई कामको विषयलाई लिएर दिक्क पार्थे । यसबाट हैरान भएर उनले यस्तो कदम उठाएकी हुन् । भीषण आगोमा १० भन्दा धेरै घरहरु क्षतिग्रस्त भएको बताइएको छ । मानवीय क्षति भएको भने जानकारी छैन । पुलिसले कम्पनीका मालिकसँग सोधपुछ गर्दा मालिकले यी महिलाले ९ वर्षदेखि यहाँ काम गरिरहेको बताएका छन् ।