बुधबार १७ जेठ २०८०

म्याग्दीको धवलागिरी गाउँपालिका-७ हिलापोखरीका एक नव’जात शि’शू’को उपचारमा आर्थिक अ’भाव भएको छ ।

यही मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चा’को मु’टु र मृ’गौला’मा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।

नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मीएको बच्चा’को तौ’ल एक किलो आठ सय ग्राम थियो ।

टकमायाले ताकम स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । जन्मनै बित्तिकै स्वास्थ्य समस्या देखिएपछि पोखराका अस्पतालमा लगेका थिए ।

पोखरामा उपचार हुन नसक्ने डाक्टरले बताएपछि शिक्षण अस्पताल लगिएको हो ।

बच्चाका बुवा प्रशान्त परियारले छोरीको उपचारमा आर्थिक अभावले समस्या भएको बताउनुभयो ।

टकमाया र प्रशान्त दम्पत्तीले दोस्रो सन्तान जन्माएका थिए । बच्चा’लाई आ’इसियुमा रा’खेर परिवारका सदस्यहरु थप उपचारका लागि ख’र्च जु’टाउन सहयोगीको खोजिमा भौतारिएका छन् ।


Last Updated on: December 10th, 2021 at 3:43 pm
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया