बुधबार २४ जेठ २०८०

बाग्लुङ जिल्लाको बुर्तिबाङकि ७८ वर्षिय एक वृद्ध आमा छोराको खोजी गरिन भन्दै मिडियामा आएकी छिन । बुर्तिबाङ घर भएकी ती बृद्धअबश्था भएकी आमा ओढ्ने ओछ्याउने समेत पोको पारेर बोकि चितवन पत्रकार सन्तोस देउजालाई भेट्न आएकी थिइन । आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा साउदी गएको र सम्पर्क बिहिन भएको उनले बताईन । तर साउदीवाट फर्किए पछि एक महिला लिएर लुकेर बसेको उनले बताईन ।

छोरा लक्ष्मण बिककि श्रीमती र ४ छोराछोरी पनि आफू सगैँ भएको ती वृद्ध आमाले बताईन । तर अहिले अर्कै श्रीमती लिएर सम्पर्क बिहिन भएर बसेको उनले बताएकी छिन । ३ छोरा भएकी ती बृद्ध आमा कान्छो छोरा लक्ष्मणसगँ बस्दै आएको बताउछिन । जेठो छोराको मृ”त्यु भै सकेको, माइलो छुट्टिएर बसेको र आफू कान्छोसगँ बस्दै आएको तर अहिले कान्छो छोराले पनि यसरी आफ्ना छोराछोरी सहित श्रीमती र आफुलाई बि’च’ल्नी बनाएर अर्कि लिएर हिडेको उनले बताईन ।

छोरा साउदी बाट फर्किएर काठमाडौबाट एक महिला लिएर बुटवलमा रहेकि दिदिको घरमा आएको भन्ने खबर आफुले पाएको ती आमा बताउँछिन । अहिले बुटवलबाट भाइ लक्ष्मणलाई दिदिले नै कतै भगाएको ती आमाले बताईन । छोरिले अहिले आमाले नै भाईलाई लुकाएको आरोप लाउने गरेको ती बृद्ध आमाको भनाई छ । आफुले छोरा बिदेश गएबाट देख्न सम्म पनि नपाएको तर अहिले छोरिले यस्तो आ’रो’प लगाएको उनको गु’ना’सो छ । आफू छोराकै साथमा म’र्ने मन भएको भन्दै खोजी गरिदिन आफू यहासम्मँ आएको उनले बताईन

लक्ष्मणकि श्रीमतिले भने आफुसगँ श्रीमान बिदेशमा हुनजेलसम्म मात्र सम्पर्क भएको बताईन । श्रीमान नेपाल आए पछि काठमाडौबाट अर्कै केटि बिबाह गरेर सिधै आमाजुको घर बुटवल गएको थाहा पाए पछि बिबाह गरेको हो कि होइन त्यो पनि पत्ता लगाउने र आमाजुको घर पनि देख्ने भन्दै आफू बुटवल गएको बताईन । त्यहाँ पुग्दा श्रीमानलाई अर्कै केटिसगँ भेटेको उनले बताईन । आफुले त्यसरी भेटे पछि भने ती महिलाले आफुलाई लक्ष्मणले बिबाह नगरेको भनी झु’क्काएर ल्याएको बताईन ।

उनले तेरो त छोराछोरी पनि रहेछ अब आफ्नो आफ्नो बाटो गर्ने भनी भनेको लक्ष्मणकि श्रीमती बताउँछिन । त्यति भनेर श्रीमनसगँ आफू घर आएको तर उनिहरु भने मोबाइलमा म्यासेज गर्दै बोल्ने गरेको उनले बताईन । आफू पढेलेखेको नभएर त्यस्तो कुराहरु थाहा नपाउने उनले बताईन । घर आएर भतिजाको बिबाह हुने भएकोले उनिहरु श्रीमान सहिल सुन बनाउन भनी हिडेको तर उतैबाट श्रीमान फेरि भागेको लक्ष्मणकि श्रीमतिले बताईन । त्यहाँबाट फेरि बुटवल नै गएको र आमाजुहरुले त्यही केटि बोलाएर अन्तै पठाईदिएको उनले बताईन । (भिडियो हेर्नुस)


Last Updated on: December 10th, 2021 at 3:59 pm
५२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया