
भारतका पहिला चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको मृत्युपछि पूरै देश शोकमा छ। तमिलनाडुको कन्नुरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो।
यस दुर्घटनालाई लिएर विभिन्न प्रश्नहरु उब्जिएका छन्। अत्याधुनिक हेलिकप्टरको दुर्घटनाबारे विभिन्न शंकाहरु व्यक्त भइरहेका छन्। केही विज्ञहरुले यसबारे आफ्नो धारण पनि दिएका छन्।
अन्तर्राष्ट्रिय हतियार नियन्त्रण मुद्धाका विशेषज्ञ, भू–रणनीतिकार तथा लेखक ब्रहमा चेलानीको एक ट्विट अहिले चर्चामा छ। यतिसम्म की चीनको मिडिया ग्लोबल टाइम्सले त्यसमा कडा प्रतिक्रिया दिएको छ।
चेलानीले हेलिकप्टर दुर्घटनाबारे एकपछि अर्को ट्विट गरेका छन्। ट्विटमार्फत उनले चीनविरुद्ध खरो उत्रिएका सिडिएस रावत र ताइवान जनरल प्रमुखको हेलिकप्टर क्र्यासलाई लिएर डरलाग्दो समानतालाई उजागर गरेका छन्।
ग्लोबल टाइम्सले चेलानीको ट्विटमा चीनको नाम लिइएपछि आपत्ति जनाएको छ। उसले यो हिसाबमा त अमेरिकामाथि पनि शंका गर्न सकिने बताएको छ।
चेलानीले ग्लोबल टाइम्सलाई जवाफ पनि फर्काएका छन्। चेलानीले पछिल्लो २० महिनामा चीनसँग सीमा विवाद चर्किएको बेला यस्तो भएको बताएका छन्। यसबाट भारतलाई ठूलो क्षति भएको उनको तर्क छ।