बिहिबार २५ जेठ २०८०

काठमाडौ । विश्वमा कोभिडको महामारीले आफ्नो प्रभाव कायमै राखेको बेलामा फेरी कोभिडको नयाँ भेरियन्टले पनि विस्तारै टाउको उठाउँदै छ । सामान्य लक्षण देखिए पनि कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ खतरनाक हुनसक्ने एक बरिष्ट चिकित्सकले चेतावनी दिएका छन् । भारतको फोर्टिस अस्पतालका अध्यक्ष डा। अशोक सेठले नयाँ भेरियन्ट ‘ओमिक्रोन’मा डेल्टाभन्दा बढी भाइरसको भेरिएसन भएको दावी गरेका छन् ।

‘ओमिक्रोनमा धेरै पटक भाइरस उत्परिवर्तन भएको छ, जुन यसअघिको डेल्टा भाइरसमा थिएन,’ डा सेठले आजतकसँग भने । ओमिक्रोन भाइरस धेरै उत्परिवर्तन भएका कारण यसले आफ्नो रुप बदलिरहने उनले बताए ।

ओमिक्रोन भाइरस डेल्टाभन्दा तीन गुणा बढी संक्रमक रहेको छ । पहिला लगाएको कोरानाविरुद्दको खोपका कारण हाम्रो शरीरमा सिर्जना भएको प्रतिरोधात्मक क्षमताले ओमिक्रोनलाई भाइरस भनेर पहिचान गर्न नसक्ने समेत सेठले दावी गरेका छन्।

काठमाडौं, रुकुम जिल्लाको वाफीकोट गाउँपालिकाका वडा नं २ नेपाने गाउँका रुपक वोहरा अमेरिका जान भनेर हिँडेका थिए । उनको २२ वर्षकी श्रीमती र भर्खर जन्मेका नाति नातिना बेसहारा भएका छन् । २४ वर्षका छोराको अचानक मृत्यु भएपछि आमाबुवाको बेहाल भएको छ । छोरा त गुमाए ति अभागी बुवाआमाले छोराको शव पनि देख्न पाएका छैनन् ।

उनी विभिन्न देश हुँदै अमेरिका जान भन्दै हिँडेका थिए । तर उनी अफ्रिकाको घानामा मृत्यु भएको हो । छोरा हिँडेपछि कात्तिक २७ गतेसम्म आमाबुवासंग सम्पर्कमा थिए । उनी जाँदा बुवा आमाले ४० लाख रुपैया ऋण लिएका थिए । ३० लाख रुपैया त उनका बुवाले तमसुक गरेर पैसा लिएका छन् । छोरा त गुमाए उनीहरुको सबै सम्पत्ती पनि सकियो ।

त्यसरी अवैध तरिकाले अमेरिका लैजाने भन्दै लाखौं रुपैया लिएका दलाललाई कारवाही हुनुपर्ने बुवाआमाको भनाई छ । भर्खर जन्मेका छोराछोरी बुवालाई के भएको हो भन्ने समेत थाहा छैन । आमाको आँखामा आँशु देख्दा साना छोराछोरी अलपत्र पर्छन । कात्तिक २७ सम्म कुराकानी भइरहेको बताएका बुवा आमाले पछिल्लो समय रुपक विरामी भएका छन् भनेर जानकारी दिएका थिए । मृत्यु हुनुभन्दा १० दिन अघि विरामी भएका छन् भन्ने खबर पाएका बुवाआमाले छोराको मृत्यु नै होला भन्ने कल्पना गरेका थिएनन् ।

विरामी परेपछि केही नेपाली उद्दारकर्ता र एनआरएनका केही ब्यक्तिले घानाको विमानस्थलमा छोडिदिएको आफुले थाहा पाएको बताए । छोराको उपचार गरेको खबर पनि पायौं, अब रुपक ठिक छन् अब केही हुँदैन हामीले राम्रो अस्पतालमा उपचार गरेका छौं भनेर मलाई फोन गरे । तर त्यसको दुई दिन पछि नै छोराको मृत्यु भएको खबर आयो ।


Last Updated on: December 11th, 2021 at 11:06 am
५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया