आइतबार २१ जेठ २०८०

दोहोरी च्याम्पियनबाट सबैको मन जितेर फाइनलमा पुगेका चर्चित गायक बालचन्द्र बराल,उनको श्रीमती र छोरी पहिलोपटक एकसाथ मिडियामा आएका छन।दोहोरी च्याम्पियनले थप उचाई चुलेको समयमै बालचन्द्रको पनि उतिकै चर्चा देखिएको छ।बराल यस अगाडी पनि धेरै तिर दोहोरी गाएर चर्चामा आएका छन।

इन्द्रेणीबाट टिका सानु संग दोहोरी खेलेर उनि एकाएक भाइरल भएका थिए सोहि फल स्वरूप हुन सक्छ उनको चौतर्फी सफलता भएको थियो,उनको परिवारमा पनि सफलता मिलेको छ।दोहोरी च्याम्पियनमा जानु अगाडी उनको श्रीमती गर्व अबस्थामा रहेकी थिइन ,सोहि समय जसरिणी जितेर आउन पर्छ है भन्दै आफुलाई सिल्पाले आशिर्बाद दिएको बराल बताउछन।

बिहे गरेको २ बर्ष हुदै गर्दा बरालको परिवारमा खुसि छाएको हो।छोरी जन्मिए देखि आफुलाई झन् लक् लागेको भन्दै आफ्नो लागि लक्की छोरी भएको खुलासा गरेका छन।उनले आफ्नो परिवारमा नया सदस्यको रुपमा छोरीको आगमन हुदा आफु झन् हर्सित भएको समेत उनको भनाइ छ।

दोहोरी खेलेर मन जितेका बरालले दोहोरी च्याम्पियन जित्नको लागि निरन्तर कसरत गरिरहेका छन।उनकी श्रीमती पनि आफुले श्रीमान जितेको हेर्ने चाहना भएको र जिताउनु हुन सबैलाई अनिरोध गरेकी छन।यो हप्ताको च्याम्पियन झन् राम्रो गाए संगै उनले आफु जित्नेमा ढुक्क रहेको समेत बताउछन।दर्शकको भोटनै निर्णायक भएको कारण दर्शक संग भोटको अपिल समेत गरेका छन।

शोभा कार्की र बालचन्द्र बराल उता प्रकाश पराजुली र मिना बुढाथोकीको टिम संग प्रतिस्पर्धा गरिरहेका छन।दुवै टिम अब्बल रहेको छ भने दुवै टिमले निकै उत्कृष्ट प्रस्तुति दिएका छन।सोहि कारण पनि आफुहरु दोहोरी च्याम्पियनको फाइनलमा रिजल्टको प्रतिक्षा गरिरहेको बताउछन।

हेरौ यो बिशेष कुराकनी :


Last Updated on: December 11th, 2021 at 11:10 am
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया