बुधबार २४ जेठ २०८०

एक महिलाले श्रीमान बिदेशबाट आएको ५ महिना मै बच्चा जन्माएको भन्दै एक युवाले मिडिया बोलाएका थिए । उनले आफ्नी श्रीमतिले आफू बिदेशबाट आएको ५ महिनामै बच्चा जन्माएको र उक्त बच्चा श्रीमानकै हो भनी जिद्दी गर्दै स्विकार गर्न दवाब दिएको भब्दै उनले मिडियालाई बोलाएका थिए । मिडिया पुगेपछी उनकी श्रीमतीले यो बच्चा श्रीमान कै भएको अडान लिएकी थिइन । साथै ती श्रीमतिका दाइले पनि अरुकै बच्चा भए उसैलाई जिम्मा लाउनु पर्ने नत्र ज्वाईले स्विकार गर्नु पर्ने बताएका थिए ।

तर अन्तर्बार्ता कै क्रममा उनिहरु हास्न थाले पछि उनिहरुको झुटको रहस्य खुलेको छ । उनिहरु श्रीमान श्रीमती नभएको खुकेको हो । उनिहरुले बताए अनुसार उनिहरु हास्य कलाकारको रुपमा काम गर्दै आएका छन । आफुहरुले सल्लाह गरेर नै मिडिया बोलाएको पछि बताए । आफुहरुले मिडिया कति छिटो आउँछ भनेर बुझ्न खोजेको बताएका छन । करिव ७ घण्टा सम्म उनिहरुबिच झुटो बिबाद भएको थियो । ७ घण्टासम्म उनिहरुले मिडियालाई झुक्याएर राखेका थिए ।

यस घटनाले अहिले सामाजिक संजालमा निकै चर्चा पाएको छ । पत्रकार देवान राईले लिएको उक्त अन्तर्बार्ता थुप्रैले हेरिसकेका छन । उनिहरुको भिडियो निकै लामो भएको थियो जुन ३ भागमा युट्युबमा आएको थियो । उनिहरु हास्य कलाकार भएको र आफुहरुले मिडियासगँ मजाक गरेको भन्दै माफी पनि मागेका थिए । तर अहिले उनिहरुको उक्त कुराको सामाजिक संजालमा थुप्रैले बिरोध गरेका छन । उनिहरुले झुटो कुरा फैलाएर मिडियालाई दुख दिएको भन्दै कार्बाही हुनु पर्ने बताएका छन ।

उनिहरुले ५ महिनामा बच्चा जन्मिएको र उक्त बच्चा देवरको भएको बताएका थिए । यसबाट देवर र भाउजू बिचको सम्बन्धलाई नकारात्मक देखाउन खोजिएको दर्शकको भनाई छ । त्यसबाट ती महिलाको पनि बेइज्जत भएको महिला अधिकारकर्मीहरुले बताए । त्यसमा तिनै महिला पनि दोषी रहेको उनिहरुले बताए । अझ महत्त्वपूर्ण कुरा आमा समान मानिने भाउजूसगँको देवरको सम्बन्धलाई उनिहरुले नकारात्मक चर्चा गराएकोमा उनिहरुलाई कार्बाही हुनु पर्ने महिला अधिकारकर्मीहरुको भनाई छ ।

त्यस्तै उनिहरुले उक्त भिडियो सामाजिक संजालमा ल्याउने मिडिया र त अन्तरबार्ता लिने पत्रकार देवान राईको पनि गल्ती भएको बताएका छन । यदि उक्त घटना सत्य थिएन भने मिडियामा बाहिर ल्याउन नै नहुने उनिहरुको भनाई छ । तर घटना वास्तविकता नभएको थाहा हुदाँ हुँदै पनि मिडियाले बाहिर ल्याएको भन्दै झुटो कुरा थाहा पाएर पनि घटना बाहिर ल्याएकोमा सम्पुर्ण मिडियाको बिस्वस्नियता गुम्ने खतरा रहेको भन्दै उक्त मिडियालाई पनि कार्बाही गर्नु पने दर्शकहरुको भनाई छ । मिडियाको काम सत्यतथ्य सुचना दिनु रहेको भन्दै झुटो खबर फैलाउनेहरुलाई कानुन अनुसार कार्बाहिको माग अहिले सामाजिक संजालमा आएको छ । (भिडियो हेर्नुस)

 


Last Updated on: December 11th, 2021 at 1:44 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया