
अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो । ढाइ किलोको यो माछाको दात मानिसको सरह नै छ ।
साधारणतया माछाको दात भनेको लामो तिखो हुने गर्छ तर यो माछाको दात मानिसको जस्तै चेप्टो र केनाइन युक्त छ । नर्थ अमेरिकामा पाइएको सो माछा फ्लोरिडाको तालमा भेटिएको थियो । सो माछा पहिलो पटक २०१० मा नर्थ क्यालोरीनामा देखिएको थियो भने पनि यसको कुनै प्रमाण भेटिएको छैन ।
तर आजकल फ्लोरिडामा यस माछालाई मानिसले देखेर अचम्म मान्ने गर्छन् ।मेट्रो डट को डट यूके का अनुसार सो माछा केटफिश जस्तो लागेपनि यो शीपशेड प्रजातीको हो । मानिसहरु यस माछालाई हेर्न पाउदा अचम्मका साथै रमाइलो पनि मान्ने गर्छन् ।[][]
एजेन्सी : न्युजिल्यान्डमा सू’र्तिज’न्य प’दा’र्थको विक्रीमा प्र’तिब’न्ध लगाइने भएको छ । धु’मपा’नलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सू’र्ति’ज’न्य प’दा’र्थ किन्न नपाउने कानुन ल्याउन लागिएकाे हाे ।
सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा अाउने अपेक्षा गरिएको छ । ‘सरकारले युवाहरुलाई धु’माप’नबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा आयसा भरलले भने ।
सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धु’मपा’नमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन् ।
‘सरकारको कदमले सू’र्तिज’न्य प’र्दा’थ विक्रीमा कमी आउने र कम हा’निका’रक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कू’लतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।