
एक शिक्षकको डान्सको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । घटना अमेरिकाको हो । तर संसारभरका सामाजिक प्रयोगकर्ता यी शिक्षकको नृत्यको प्रशंसक बनेका छन्। जब एक टिकटक प्रयोगकर्ताले यो क्लिप सेयर गरे, भिडियो सोशल मिडियाका विभिन्न प्लेटफर्महरूमा फैलियो। यो क्लिप संयुक्त राज्य अमेरिकाको फ्रेस्नोको तेनाया मिडिल स्कूलको हो, जहाँ आयरल्यान्ड बाल्डविन, क्रिस ब्राउन र स्नुप डग जस्ता सेलिब्रेटीहरू शिक्षकको नृत्यमा झुम्मिए ।
यी शिक्षकको नाम अस्टिन लेमे हो, जसले विद्यालयको साप्ताहिक कार्यकर्ममा आफ्नो युगको गीत सुनेपछि आफूलाई नाच्नबाट रोक्न सकेनन्। जब शिक्षकले नाच्न थालेपछि विद्यालयका विद्यार्थी पनि उनीसँगै नाच्न थाले । भाइरल क्लिपमा, विद्यार्थीहरू लेम्मेको डान्स स्टेपको नक्कल गरिरहेको पनि देख्न सकिन्छ ।
यो भाइरल भएपछि अस्टिनले भने, ‘मलाई थाहा थिएन कि यो यति लोकप्रिय हुन्छ। जब मैले आइतबार बिहान टिकटक हेरेँ, मैले मेरो डान्सको भिडियो लाखौं पटक हेरिएको पाएँ। केही समयपछि हेरेको संख्या एक लाखबाट एक करोड पुग्यो र त्यसपछि दुई करोडको आँकडा पार भयो ।
अस्टिनले भने, ‘म ऐनाको अगाडि घण्टौंसम्म यसरी नाच्छु । र, नुहाउँदा पनि गीत गाएर नाच्न रमाइलो लाग्छ । मेरो यो डान्सलाई सबैले रुचाएकामा म खुसी छु । शिक्षकको प्रतिकृया पछि टिक-टकर जेनी म्याकउलीले भनिन् – जुन दिन मैले यो भिडियो खिचेँ, त्यो दिन मेरो लागि सामान्य शुक्रबार थियो। तर जब मैले टिकटकमा यो क्लिप सेयर गरें, विश्वास गर्नुहोस्, मलाई थाहा थिएन कि मानिसहरूले अस्टिनको नृत्यलाई यति धेरै मन पराउँछन्। यो समाचार तयार पार्दा सम्म उक्त भिडियो ६ करोड भन्दा बढीले हेरिसकेका छन् ।