आइतबार २१ जेठ २०८०

सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए ।

दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्र्याक्टर मिलनचोकबाट हराएको थियो । ट्र्याक्टरमा तीनजना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्र्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।

पछिल्लो समय गित संगीतको क्षत्रमा पोखराका आमा छोरी भनेर चिनिदै आयका रिया खड्का र रति खड्काको चर्चाहरु गित संगीतको बजारमा थपिदै गयको देख्न सकिन्छ। करिब एक दसक देखी आमा नेपालि लोक दोहोरी क्षत्रमा लागेपनि उनको नाम कहिल्य अगाडि आउन सकेको थियन। उनके सोहि समयमा आफ्ना केहि एल्बम बजारमा लियर आयपनी तर सफलता-भने पाउन नसक्दा उनले हार-खायकि थीइनन तर छोरीको भविष्यको चिन्ता-लिदै आफ्नै क्षत्रमा स्थापित गर्न चाहन्थीन। आर्थिक श्रोत संगै धेरै कुराले रतिलाई छोरी स्थापित गराउन रोकेको कुरा समेत जानकारी उतिबेलै हामीलाई गरायाकी थिईन। छोरी रिया खड्काको फरक स्वर अनि उनको अभिनय संगै उनको गित संगीत प्रतिको मोह हामीले थाहा पायपछि हाम्रो टिम पोखरामा पुग्यो र आमा छोरीको १-२ अन्तर्वार्ताले रिया रातिको जिबनमा नसोचेकै खुसी हुन पुग्यो।

एकाएक चर्चामा आय रिया खड्का र रति खड्का अनि धमाधम गित रेकर्ड संगै लाइभ दोहोरी संगै सुटिङ्गमा समेत व्यस्तता हुदै गए। केहि दिन त एक हप्ता भन्दा लामो समय सम्म गित रेकर्डको लागी प्याक भयको समेत तपाइँ हामी सबैलाई अवगतनै छ। यसरी चर्चामा आयका दुवै आमा छोरी पछिल्लो समय निकैनै व्यस्तता देखीयपनी अहिले दुवै जना पोखरामा बस्दै आयका छन् रिया खड्काको पढाईलाइ मध्यनजर गर्दै कहिले पोखरा कहिले काठमाण्डौ गर्दै आयका छन्। पछिल्लो समय जुनकिरी लाइभ दोहोरी बाट बजारमा आयको धाराबाहिक लाइभ दोहोरी “जसे जमुना” अहिले भाग १० सम्म पुगेको छ। जमुनाको पात्र बनेर रिया खड्काको कथाको आधारमा उनको बिवाह हुदै थियो। विवाहको लागी घरपट्टि बाट पन्चे बाजा सहित आगनमा बेहुला रेशम निर्दोष लाइ लियर जन्ती आय। सबै काम सकियो अनि बेहुलीलाई बिदाई गर्ने बेला भयो।


Last Updated on: December 11th, 2021 at 4:02 pm
४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया