
झापाको विर्तामोड नगरपालिका २ रामचोक राजगढ भित्रि सडकमा आज साँझ दुर्घटनामा हुँदा १ जनाको निधन भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा१९च ४०५ नम्बरको कारले विपरित दिशाबाट आएको ना२०प २१८८ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनाबाट शिवशतासी नगरपालिका ११ बस्ने ५० वर्षको नगेन्द्र भण्डारी गम्भिर घाइते भएका थिए ।
घाइते भण्डारीलाई झापाको विर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार गराउने क्रममा बेलुका ७ बजेर १६ मिनेटमा निधन भएको ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ ।
दुर्घटनामा परेको कार, त्यसका चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ
काठमाडौं। सडकमा छाडा दौडिइरहेको छाडा साँढेले ८ करोड रुपैयाँ मूल्य बराबरको लागूऔषध जफत गर्न प्रहरीलाई ठूलो सहयोग गर्यो भन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, संयोगले एउटा साँढेले यस्तो काम गरेको छ । साँढेका कारण प्रहरीले तस्करको हातबाट ठूलो परिमाणमा अवैध लागूऔषध हेरोइन प्रहरीको हातमा पुर्याउन ठूलो सहयोग गरेको छ । घटना भारतको उत्तर प्रदेशको बरेलीको हो ।
भारतीय मिडियाका अनुसार बरेलीको दिल्ली–लखनउ हाइवेमा बिहानै तस्करले नयाँ स्कार्पियो गाडीमा हेरोइन राखेर लिएर जाँदै थिए । तीब्र गतिमा दौडिइरहेको गाडीको अगाडि एक्कासी साँढे आयो । साँढेसँग गाडी टठोक्किने देखेपछि ड्राइभरले हतारहतार गाडी घुमाए । यसरी एक्कासी घुमाउँदा गाडी उछिट्टियो र विपरित दिशाबाट आइरहेको सेन्ट्रो कारसँग ठोक्कियो । दुर्घटनामा सेन्ट्रो कारमा सवार २ महिलासहित ४ जना घाइते भए ।