
नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको ह’त्या भएको बताएका छन् ।
उनले मदन-आश्रितको ह’त्यामा नियोजित उद्देश्य समेत रहेको बताए । मदन भण्डारीको किन ह’त्या गरियो बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने,यसका पछाडि राजनीतिक कारण छ ।’
मदन भण्डारी राजतन्त्रक विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो । दुर्घटनाका रुपमा मदन भण्डारीको ह’त्या गरिएको उनको भनाई थियो ।
बादलले जनताको बहुदलीय जनवादको समेत व्याख्या गर्दै भण्डारीको विचारले कम्युनिस्ट आन्दोलनमा नयाँ जग बसालेको बताए बादलले नेकपा एमालेको विभाजनतर्फ संकेत गर्दै दक्षिणपन्थी धार परास्त भएको बताए ।
उनले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएर षड्यन्त्र भएको बताए । यसलाई प्रतिक्रान्तिको संज्ञा दिए ।
ओलि जस्तो सफल प्रधानमन्त्री आजसम्म यो देशमा कोहि छैन्
नेपका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न कार्यक्रममा वा अन्तर्वार्ताका क्रममा नेपालकै इतिहासमा प्रधानमन्त्रीका रुपमा आफुले जत्तिको कसैले काम गर्न नसकेको र
अहिलेका कुनै पनि नेताहरुले आफुले जत्तिको काम गर्न नसक्ने दाबी गर्दै आएका उनले आज अफ्नो तुलना महात्मा गान्धी र नेलशन मण्डेलासँग गरेका छन्।
मै हुँ भन्दै आएका केपी शर्मा ओलीले आफुलाई विश्व स्तरिय नेताहरुसंग तुलना गर्दै आएका छन ।
केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकालमा भएको व्यापक भ्रष्टाचार र आलोचनालाई बेवस्था गर्दै केपी शर्मा ओलीसंग नजिकिन
एमालेका नेता-कार्यकर्ता ओली ‘बा’ भनेर सम्बोधन गर्दै आएका छन । नेपाली कांग्रेसका नेता राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझिले त केपी ओली राजनेता नभएर भ्रष्टाचारको चाही महानायक भएको समेत आरोप लगाएका थिए । शुक्रबार
ओलीले ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तरर्वार्ता दिँदै आफूलाई महात्मा गान्धी र नेलशन मण्डेलासँग तुलना गरेका हुन्।
ओलीले आफ्नो प्रशंसा देखेर माधव नेपालको छातीमा आगो बलेको भन्दै उनले ‘बा’ भन्ने
गरिएकोमा गर्व महसुस गरे। आफूलाई जनताले मन पराएका कारण ईष्याले नजल्न ओलीले आग्रह गरे।
‘महात्मा गान्धीलाई बाप्पु नै भनिन्थ्यो। बाप्पु भनेको अर्थ पिताजी। होची मिन्हलाई अंकल हो। काका नै भन्थे सबैले। नेलशन मण्डेलालाई पिताजी भन्थे।’ ओलीले भने, ‘कसले गरेको कामलाई जनताले मन
पराउँछ, प्यार गर्छ त्योसँग इष्र्या गरिरहनुपर्ने आवश्यकता छैन। मैले पैसा बाँडेर ‘बा भन्दिेउ, बा भन्देउ’ भनेको त छैन।
मैले बा भन्ने शब्द किनेको त होइन। मैले डण्डा लगाएर बा भन कि बा भनेर कसैलाई बाध्य पारेको त होइन।
माधव नेपाल र वामदेव गौतमको कसैले प्रशंसा नगरेपछि इष्र्या भएको टिप्पणी गरे। कसैले पनि आफूले आफूलाई खराब भनोस् भन्ने नचाहने र त्यो आफूले पनि नचाहने ओलीले बताए।
माधव नेपालमा स्वार्थ, अहंकार र म भन्ने भावना रहेको ओलीले आरोप समेत लगाए। ओलीले दक्षिणपन्थीसँग मिलेर वामपन्थी सरकार ढालेको भन्दै उनले घरमा आगो लगाएर प्रतिक्रियावादीका अगाडि मुठ्ठीमा खरानी लिएर उभिएको टिप्पणी गरे