आइतबार ०७ कार्तिक २०७८

भारतबाट ताप्लेजुङ घुम्न आएका श्रीमान श्रीमतिको कोरोना सङ्क्रमणका कारण निधन
प्रकाशित मिति: बिहिबार, जेठ ०६, २०७८ समय: १७:३०:३०
2
Shares
facebook sharing button 2messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

विराटनगर / मोरङमा कोरोना सङ्क्रमणका कारण एकै दिन श्रीमान श्रीमतीको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा दश घण्टाको अन्तरमा श्रीमान श्रीमतीको मृत्यु भएको हो ।६९ वर्षीय वृद्ध पुरुष आफ्नी ६४ वर्षीया श्रीमतीसहित भारतको मुम्वईबाट पुर्खेउली थलो ताप्लेजुङ घुम्न आएका थिए । वृद्धको जन्मस्थल पनि ताप्लेजुङ नै हो । चार महिनाअघि ताप्लेजुङ घुम्न आएका उनीहरु मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा बस्दै आएका थिए ।

कोरोना सङ्क्रमण देखिएपछि वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । नोबेलमा श्रीमतीको आइतबार बिहानका राति १ बजे र श्रीमानको आइतबार बिहान ११ बजे मृत्यु भएको हो ।दुई जनाको मृत्यु अन्तर १० घण्टाको मात्रै छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मृतक दुवैमा दमको पुरानै समस्या थियो ।
ताप्लेजुङको घुमफिर सकेर उनीहरु डेढ महिनाअघि पथरीशनिश्चरेमा आएर आफन्तको घरमा बसेको वडाध्यक्ष बाबुराम यङ्देनले जानकारी दिए ।

वडाध्यक्ष यङ्देनका अनुसार मृतक वृद्ध अवकाशप्राप्त भारतीय सेना हुन् । भारतीय सेनाबाट अवकाश पाइसकेपछि उनी परिवारसहित भारतको मुम्वईमै बस्दै आएका थिए ।कोरोना सङ्क्रमणका कारण दुई देशीय सीमा नाका सिल गरिएको हुँदा दुवै छोराले बाबु–आमाको मृत्युपछिको संस्कारमा सहभागी हुन नपाएको उनले बताए । आफन्तले दम्पतिको शव पथरीशनिश्चरेको जंगलमा अन्त्यष्टि गरेको वडाध्यक्ष यङ्देनले जानकारी दिए । नेपाल समयबाट


Last Updated on: May 20th, 2021 at 5:47 pm
५५० पटक हेरिएको

तपाईको प्रतिक्रिया