बुधबार २४ जेठ २०८०

केन्टकीमा आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र अबको केही घण्टामा यो संख्या ७० भन्दा बढी हुनसक्ने केन्टकीका गभर्नर एन्डी बेशियरले बताएका छन् । यो आँधीबेहरीबाट एकसयजनासम्मको ज्यान जानसक्ने उनले अनुमान गरेका छन् ।

शुक्रबार राती दक्षिणपश्चिम केन्टकीका कैयन भाग आँधीबेहरीको चपेटमा परेका छन् । केन्टकीको इतिहासमा नै सबैभन्दा खराब आँधीबेहरी भएको गभर्नरको भनाई छ । राज्यका कम्तीमा १५ काउन्टीहरुबाट क्षतिका विवरणहरु आएका छन् । सबैभन्दा खराब क्षति ग्रेभ्स काउन्टीमा भएको छ ।

आँधिबेहरी आउँदा मेफिल्ड सिटीमा एउटा मैनबत्ति उद्योगमा झण्डै ११० जनाले काम गरिरहेको र उनीहरुमध्ये दर्जनौंले ज्यान गुमाएको जनाइएको छ । यो सिटीमा झण्डै १० हजार जनाको बसोबास रहेको छ ।

अर्कान्सास र इलिनोयमा पनि आँधिबेहरीका कारण कैयनको ज्यान गएको छ । पाँचवटा राज्यहरु अर्कान्सास, इलिनोय, केन्टकी, मिजौरी र टेनेसीमा कम्तीमा २४ वटा आँधीबेहरी रिपोर्ट गरिएको छ । सप्ताहन्तमा मौषम अझ खराब बन्दै जाने मौषमविदहरुले चेतावनी दिएका छन् ।

उत्तरपूर्वी अर्कान्सासमा कम्तीमा एकजनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् । त्यस्तै लेचभिलमा अर्को एकजनाको मृत्यु भएको छ । इलिनोयमा अमेजनको वायरहाउसमा क्षति पुग्दा कैयनले ज्यान गुमाएको जनाइएको छ ।

डिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासाडिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासा
विना भिसा हिडेर अमेरिका आउँदै गरेका दाङका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्युविना भिसा हिडेर अमेरिका आउँदै गरेका दाङका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु
‘आफ्नो पिसाब पिउनेमात्र होइन आँखा–नाक–कानमा समेत हाल्छिन् ५३ वर्षीय महिला’‘आफ्नो पिसाब पिउनेमात्र होइन आँखा–नाक–कानमा समेत हाल्छिन् ५३ वर्षीय महिला’
आँधीबेहरीबाट टेनेसीमा १ लाख ३२ हजार भन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यस्तै केन्टकीमा ६० हजार, अर्कान्सासमा २५ हजारभन्दा धेरै, इलिनोयमा २४ हजार भन्दा धेरै र मिजौरीमा १० हजारभन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । शनिबार विहानसम्म ३ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जनाइएको छ ।


Last Updated on: December 12th, 2021 at 10:36 am
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया