बुधबार १७ जेठ २०८०

पोखरा न्यूज । विवाहकाे बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी छ ।

बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।

त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । र, उनी बलिया उम्मेदवार हुन् ।


Last Updated on: December 12th, 2021 at 12:28 pm
४४० पटक हेरिएको

तपाईको प्रतिक्रिया