बिहिबार २५ जेठ २०८०

काठमाडौ । नेपाली चिकित्सकहरुको अब्बलता दिनप्रतिदिन देखिदै आएको छ । पैसा भएकाहरु नेपाली चिकित्सकलाई विश्वास नगरेर विदेशी भूमिमा पुग्छन् तर विदेशमा समेत हुन नसकेका जटिल शल्यक्रियाहरु नेपालमा भइरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकहरुले यस्तै प्रकृतीको जटिल शल्यक्रिया गर्न सफल हुनुभएको छ । १४ दिनको नवजात शिशुको ‘दुर्लभ’ शल्यक्रिया गरिएको अस्पताल र पारिवारीक श्रोतले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको सो अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार सिनामंगल गैरीगाउँका सरस्वती तामाङबाट जन्मिएको बच्चामा जन्मजात हर्निया देखिएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘डायफ्राम’ मांसपेशीमा प्वाल थियो। उहाँहरूका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेटभित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमासय र फियो छातीमा पुगेको थियो। अंगहरु छिन्नभिन्न थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: December 12th, 2021 at 12:44 pm
३०५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया