बुधबार २४ जेठ २०८०

एजेन्सी । करिब एक वर्ष प्रेममा रहेर विवाह गरेका एक युवकले विवाहको भोली पल्टै मृत्यु भएको छ । भारत पश्चिम बंगालको हावडाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ हनि मुन सकिएलगत्तै दुलहीको जिवन बर्बाद भयो । विवाह भएको भोलीपल्टै बेहुला फाँ सी मा झु ण्डि एको अवस्थामा फेला परेका छन् । यो घटना बी गार्डेन प्रहरी चौकी अन्तर्गतको शालिमार क्षेत्रको हो । यो घटनापछि परिवारमा सनसनी मच्चिएको छ । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा युवकले आफै नै यस्तो निर्णय लिएको अनुमान गरिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुनेछ । अहिले बेहुलाको मृत्युको रहस्य भने कायमै छ । परिवारसँगै बेहुलीले पनि हनि मुनमा के भयो, जसका कारण बेहुलाले यस्तो निर्णय गरे भन्ने बारेमा सोचिरहेका छन् । प्रहरीले परिवारका सदस्यसँग पनि सोधपुछ गरिरहेको छ ।

डिसेम्बर ७ मा शालिमार निवासी आदर्श साओ (२४) को ब्याराकपुरकी एक युवतीसँग धमाधम विवाह भएको थियो । शालिमारदेखि ब्यारेकपुरसम्म १५० जना जन्ती गएका थिए । परिवारका अनुसार दुवैको सहमतिमा विवाह तय भएको हो । मंसिर ८ गते बेहुली वेहुलाको घर पुगिन् । बिहीबार हनि मुन र शुक्रबार राती बाहु भातको संस्कार थियो । शुक्रबार बिहान दुवै जना संगै उठेका थिए । दुलहाले दुलहीलाई नुहाउन जाउ भनेर पठाए । करिब आधा घण्टापछि बेहुली नुहाएर कोठामा आइन् र श्रीमान्लाई झु ण्डि एको अवस्थामा देखिन् ।

उनलाई परिवारका सदस्यले तत्काल अस्पताल लगे । तर चिकित्सकले उनलाई मृ त घोषणा गरेका थिए । विवाह तय भएपछि दुवै जना विगत ६ महिनादेखि कुराकानी गर्थे । दुवै जनामा प्रेम थियो । हामी दुबै जना बिहेको उत्सुकताका साथ पर्खिरहेका थियौं । सबै राम्रै चलिरहेको थियो । शुक्रबार बिहान उसले मलाई नुहाउन पठायो। करिब आधा घन्टापछि कोठामा आइपुग्दा उसले सलले फाँ सी लगाएको थियो । मैले बुझिनँ के भयो कि मेरो संसार बस्नु भन्दा पहिलो नै उजाडियो, बेहुलीले दुखी हुँदै भनिन् ।


Last Updated on: December 12th, 2021 at 5:41 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया