बुधबार १७ जेठ २०८०

ही दिन अघि आफ्नी श्रीमतिले श्रीमान बिदेशबाट आएको ५ महिना मै बच्चा जन्माएको भन्दै एक युवाले मिडिया बोलाएका थिए । उनले आफ्नी श्रीमतिले आफू बिदेशबाट आएको ५ महिनामै बच्चा जन्माएको र उक्त बच्चा श्रीमानकै हो भनी जिद्दी गर्दै स्विकार गर्न दवाब दिएको भन्दै उनले मिडियालाई बोलाएका थिए । मिडिया पुगेपछी उनकी श्रीमतीले यो बच्चा श्रीमान कै भएको अडान लिएकी थिइन । साथै ती श्रीमतिका दाइले पनि अरुकै बच्चा भए उसैलाई जिम्मा लाउनु पर्ने नत्र ज्वाईले स्विकार गर्नु पर्ने बताएका थिए ।

तर अन्तर्बार्ता कै क्रममा उनिहरु हास्न थाले पछि उनिहरुको झुटको रहस्य खुलेको थियो । उनिहरु श्रीमान श्रीमती नभएको उनिहरुले नै पछि बताएका थिर । उनिहरुले बताए अनुसार उनिहरु हास्य कलाकारको रुपमा काम गर्दै आएको र आफुहरुले सल्लाह गरेर नै मिडिया बोलाएको पनि बताएका थिए । आफुहरुले मिडिया कति छिटो आउँछ भनेर बुझ्न खोजेको बताएका थिए । करिव ७ घण्टा सम्म उनिहरुबिच झुटो बिबाद भएको थियो । ७ घण्टासम्म उनिहरुले मिडियालाई झुक्याएर राखेका थिए ।

यो कुराले अहिले सामाजिक संजालमा निकै चर्चा पाएको छ । अहिले उनिहरुले prank गरेको भन्ने कुरा बताए पछि धेरैले यस्को बिरोध गरेका छन । मिडियाको नाममा बिकृती फैलिएको भन्दै उनिहरुले यसलाई रोक्नु पर्ने बताएका छन । उक्त भिडियो DAILY NEPAL नामक युट्युब च्यानलबाट प्रसारण भएको थियो । उक्त भिडियोमा अन्तरबार्ता Daily nepal का पत्रकार खेमराज देवानले लिएका थिए । विभिन्न एपिसोडमा प्रसारण भएको उक्त भिडियोमा पत्रकार देवानले नै उनिहरुलाई बोल्न सिकाईरहेको पनि देख्न सकिन्छ ।

सामाजिक संजालमा यसको बारेमा निकै बिरोध भए पछि अहिले युवा मन नेपाल नामक युट्युब च्यानलका पत्रकार किशोर श्रेष्ठले उक्त भिडियो तयार पारेका पत्रकार खेमराज देवान लगायतसगँ कुरा गरेका छन । पत्रकार किशोरले उक्त भिडियोले मिडियाको नै दर्शकहरु प्रती बिस्वस्नियता गुमाएको भन्दै खेमराज देवानलाई यो भिडियो निर्माण गर्नुको उद्देश सोधेका थिए । जवाफमा देवानले अहिले नेपाली समाजमा घटेको यथार्थ घटनालाई देखाएको बताएका थिए ।

उनले यस्ता घटना भै रहेको भन्दै त्यही घटनालाई देखाएर आफुहरुले उक्त भिडियो बनाएको बताए । तर उक्त भिडियो निर्माण गरेर उनिहरुले सामाजिक संजालमा राख्दा भने त्यो prank हो या त यो एउटा यथार्थ चित्रण गर्ने नाटक हो भन्ने पनि खुलाएका थिएनन् । अहिले त्यही कुराले उक्त भिडियोको निकै आलोचना भएको छ । यश बारेमा भएका गल्तिहरु प्रती पत्रकार खेमराज देवानले माफि पनि मागेका छन । उनले अब देखि यस्तो भिडियो आफुहरु निर्माण नगर्ने पनि बताए । (भिडियो हेर्नुस)


Last Updated on: December 13th, 2021 at 10:23 am
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया