आइतबार २१ जेठ २०८०

कक्षा १२ मा आफूहरूले दिएको परीक्षाको नतिजा राम्रो नआएको भन्दै विभिन्न कलेजका बिद्धार्थीहरूले आन्दोलन गरेका छन्।विद्यार्थीहरू आफूलाई दिनरात अध्ययन गर्दाको मानसिक तनाब भएको र आफूहरूले लेखे जतिको उचित मूल्यांकन समेत नभएकोले आफूहरू आन्दोलनमा आउन बाद्य भएको बताएका छन्।

बिद्धार्थीहरूले शान्तिपूर्ण तरिकाले गरेको प्रदर्शनमा प्रहरीले एक्कासि हस्तक्षेप गर्दै लाठी चार्ज गरेपछि आफूहरू त्यसबाट बच्नको लागि र आफ्नो जिउ ज्यान सुरक्षाको लागि भन्दै उनीहरूले प्रतिरक्षा गरेको बिद्धार्थी हरूले बताएका छन्।प्रहरीका अनुसार विद्यार्थीहरूले नै बलजफ्ती आएर ढोका लगाउने कार्यक्रम गर्न थालेपछि केही बल प्रयोग गरि नियन्त्रणको प्रयास गरेको जनाएको छ।

कक्षा १२ मा आफूहरूले दिएको परीक्षाको सोचेअनुरुप नतिजा नआएको भन्दै कानून संकायका पोखराका विभिन्न कलेजका बिद्धार्थीहरूले आन्दोलन गरेका छन्।एकहप्ता अगाडि मात्रै उनीहरूले प्रदेश परीक्षा व्यवस्थापन कार्यलय मा लिखित रुपमै जानकारी गराएका थिए।हामी कानून संकायका विद्यार्थीहरूलाई अहिलेको रिजल्ट मान्यता भएन भनेर।

उनीहरू भन्छन्,हामीहरू ए प्लस ल्याउने विद्यार्थी बी मा झरेका छौँ,बी प्लस ल्याउने सीमा र सी ल्याउने त फेल नै भएका छौँ।आज भएको खासै केही पनि होइन तर चार पाँच जना विद्यार्थीहरू पहिले गएका थिए,र त्यीनै विद्यार्थीहरूलाई कार्यलय प्रवेश रोक्नका लागि प्रहरी बोलाइयो।सामान्य झ डप पनि भयो,एकजना प्रहरीको टा” उको नै फु’ ट्यो,कतिपय विद्यार्थीहरू सामान्य घाइते छन्।

यसरी हेर्दा के बुझ्न सकिन्छ भने,आज देशमा धेरै राजनीति छ त शिक्षामा छ।शिक्षामा यति धेरै राजनीति भैदियो कि कुरै नगरौं।अहिले १२ कक्षा मात्रै उत्तीर्ण गरेका विद्यार्थीको रगत तातो होला,उनीहरूलाई सम्झाउन सकिन्थ्यो,उनीहरू को मागको उचित सम्बोधन गर्न सकिन्थ्यो।नभएपनी उचित जानकारी सम्म त दिन सकिन्थ्यो,त्यति नसक्दा हेर्नुहोस् त आज कार्यलयमै यो अवस्था सृजना भयो।भिडियो हेर्नुहोस्:


Last Updated on: December 13th, 2021 at 10:37 am
४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया