
काठमाडौं । भारतमा जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयानुसार साँझ ६ बजेर ५६ मिनेटमा भूकम्प गएको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
भूकम्पको केन्द्रविन्दु राजस्थानको बिकानेरबाट ३८१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो । तीव्रता कम भएकाले हालसम्म कुनै क्षति नभएको तर भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरु घरबाट बाहिर सडकमा निस्केका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
जसकारण लामो समयसम्म आतंकको वातावरण रहेको थियो । प्रशासनले सबैलाई शान्ति कायम गर्न अपिल गरेको छ । भूकम्पलाई ४.३ रेक्टर स्केलमा मापन गरिएको छ । यसअघि १९ नोभेम्बरमा राजस्थानको जालोरमा भूकम्प गएको थियो, जसलाई ४.६ रेक्टर स्केल मापन गरिएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
एनसीएसका अनुसार जोधपुरको दक्षिणपश्चिममा बिहान २ः२६ बजे भूकम्प गएको भएपनि मानवीय तथा भौतिक क्षति भने भएको छैन । त्यसैगरी रातिको समय भएकाले धेरैलाई थाहा पनि भएन्
कागती सेवन गर्नुका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त भुलेर पनि खानु हुदैन ! कागती सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।
तर यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि पर्ने गर्दछ । कागतीमा पाइने सिट्रस ए-सिडले दाँतलाई धेरै नै हानी पु-याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ त्यसबाहेक यस्ता छन् कागतिका बेफाइदाहरु:-
१) माइग्रेन र टाउको दुख्ने:- कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसै कारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।