
काठमाडौं । तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । थप उपचारका लागि नेपालगंज रिफर कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्काको हिजो राति ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार ४ जना उपचारपछि घर फर्किएको र ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।
तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो । सवारी चालक चालक तुलसीपुर ३ का ३२ बर्षिय हेमराज खत्रीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । भारतमा जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयानुसार साँझ ६ बजेर ५६ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु राजस्थानको बिकानेरबाट ३८१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो । तीव्रता कम भएकाले हालसम्म कुनै क्षति नभएको तर भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरु घरबाट बाहिर सडकमा निस्केका थिए ।
जसकारण लामो समयसम्म आतंकको वातावरण रहेको थियो । प्रशासनले सबैलाई शान्ति कायम गर्न अपिल गरेको छ । भूकम्पलाई ४.३ रेक्टर स्केलमा मापन गरिएको छ । यसअघि १९ नोभेम्बरमा राजस्थानको जालोरमा भूकम्प गएको थियो, जसलाई ४.६ रेक्टर स्केल मापन गरिएको थियो ।
एनसीएसका अनुसार जोधपुरको दक्षिणपश्चिममा बिहान २ः२६ बजे भूकम्प गएको भएपनि मानवीय तथा भौतिक क्षति भने भएको छैन । त्यसैगरी रातिको समय भएकाले धेरैलाई थाहा पनि भएन् ।