
सप्तरी — विवाहको कुरा गर्न गत फागुन ८ मा विराटनगरबाट केही व्यक्ति सप्तरी सुरुंगा नगरपालिका–७ स्थित ज्योति पासवानको घरमा आए।दुवै पक्षबीच छलफल भएपछि कुरा छिनेर साँझतिर उनीहरू फर्किए त्यसको केहीबेरमै अचानक आइपुगे छिमेकी युवक कृष्ण मिश्र । उनले एकाएक भन्न थाले, ‘मैले ज्योतिसँग विवाह गरिसकेको छु।अब उसले कहींकतै विवाह गर्न पाउँदिन।’
त्यति भनिसकेपछि उनले ज्योतिलाई करिब २ सय मिटर दूरीमा रहेको आफ्नो घरमा लिएर गए।२४ वर्षका कृष्ण ब्राह्मण समुदायका र १९ वर्षीया ज्योति दलित समुदायको दुसाध परिवारकी हुन्।
ज्योतिलाई घर भित्र्याएपछि कृष्णलाई उनका बुबाआमा र परिवारका सदस्यले छोड्न द बाब दिए।तर उनले ज्योतिसित प्रेम गरेको र सँगै बाँच्ने–मर्ने कसम खाँदै जनकपुरस्थित मन्दिरमा विवाह गरेकाले छोड्न नसक्ने बताए।स्थानीयका अनुसार कृष्णका बुबा अखिलेश, वडाध्यक्ष शिवनारायण चौधरीसहित बसेको पञ्चायतीमा कृष्णलाई पैतृक सम्पत्ति वा प्रेमिका (पत्नी) मध्ये एक रोज्न भनियो।उनले आफूलाई सम्पत्ति नचाहिने बरु ज्योतिसँग जसोतसो जीवन जिउने अडान लिए।
पञ्चायतीमा उनले आफू र ज्योतिबीचको विवाहका केही तस्बिर पनि देखाए।तर मिश्र परिवार ज्योतिसँगको विवाह स्वीकार्न राजी भएन।परिवारले अस्वीकार गरेपछि उनीहरू फागुनमै घरबाट भागे र सिरहाको मिर्चैयामा बस्न थाले।
ज्योतिकी आमा इनरदेवीका अनुसार असार पहिलो साता उनीहरू लहानस्थित पुष्पाञ्जली होटलमा दुई दिन बसेका थिए।त्यतै स्थायी रूपमै बसेर केही काम गर्ने भन्दै दिउँसोको समय ज्योतिको मोबाइल लिएर कृष्ण कोठा खोज्नका लागि निस्किएका थिए ।
अबेरसम्म फर्केर नआएपछि ज्योति अत्तालिएकी थिइन्।मध्यरात होटलबाट उद्धार गरी उनलाई इलाका प्रहरी कार्यालय लहान ल्याएर प्रहरीले माइतीको जिम्मा लगाएको थियो।असार पहिलो सातादेखि ज्योति माइतीमै बस्दै आएकी थिइन्।
विवाह गरेर कृष्णले आफूलाई छाडेर गएको वा उनलाई परिवारले बे प त्ता बनाएको भन्ने कुरामा छोरी अलमलमा रहेको आमा इनरदेवीको भनाइ छ।‘होटलको कोठाबाट घर ल्याएदेखि उनी विक्षिप्त अवस्थामा थिइन्,’उनले भनिन्,‘कोठाबाट निस्कन पनि डराउँथिन्।’
माइतीको श’ रणमा रहेकी ज्योति घरबाहिर निस्कँदा समाजमा धेरैले उनको कुरा का’ ट्ने गरेका थिए।ज्योतिले ‘जसलाई सारा जीवन र इज्जत सुम्पिदिएँ,उसैले छाडेर गयो,गाउँ/समाजमा पनि मेरै विषयमा नानाथरी कुरा गर्छन्,’भन्दै दुखेसो पोख्ने गरेको इनरदेवीले सुनाइन्।
गत शनिबार बुबाआमा नजिकैको पसलमा गएका बेला बिहान साढे ८ बजे भान्सा कोठामा सलको पासो लगाएर ज्योतिले आ’ त्म ह ’त्या गरेको परिवारको भनाइ छ।प्रेमी (पति) को धो’का र सामाजिक अवगाल सहन नसकेरै छोरीले आ त्म ह त्या गरेको आमा इनरदेवीको दाबी छ।
इलाका प्रहरी कार्यालय कडोरवनाका निरीक्षक वीरेन्द्र पासवानले पी’डित पक्षको जा’ हेरी आएपछि का’रबाही प्रक्रिया अघि बढाइने बताए।ज्योतिका बुबा प्रमोदका अनुसार आ’ त्म ह ’त्या दु’ रुत्साहन मु’ द्दामा जा’ हेरी दिने तयारी छ।‘मेरी छोरीले अ’न्याय सहन नसकी प्रा’ ण त्या’ ग गरेकी छन्,’ उनले भने, ‘न्यायका लागि सबैसँग अनुरोध गर्छु ।’
कृष्णले ज्योतिलाई साथमै लिएर फागुनमा घरबाट भा’गेको उनका बुबा अखिलेशले पनि स्वीकार गरेका छन्।‘मेरो छोराले हामी सबै र सम्पत्तिलाई छाडेर त्यही केटीलाई रोजेर गएको हो,’उनले भने,‘भागेर कता गए कता, हामीलाई केही थाहा छैन । हाम्रो सम्पर्कमा पनि थिएनन् ।’खोजी गरे पनि छोराको अझै पत्ता नलागेको उनको भनाइ छ।