
टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेले प्रेमी बिक्की जैनसँग यही डिसेम्बरमा बिहे गर्ने भएकी छन् ।
भारतीय मिडियाका अनुसार उनीहरूले १२, १३ र १४ मा मुम्बईकै एक होटलमा बिहे गर्ने तयारी थालेका छन् ।
उनीहरूले सोमबार बिहान आफ्ना नातेदार र निकट मित्रहरूलाई आफूहरूले सो मितिमा बिहे गर्ने निर्णय गरेका खबर पठाएका हुन् ।
अंकिताले उनको प्री वेडिंग फटोहरु शेयर गरेकी छिन् । आज पनि उनले संगितका तस्विरहरु शेयर गरेकी छिन् । जस्मा उनी अत्यन्तै खुशी देखिएकी छिन् ।
उनको फोटो देखेर फ्यानहरु भावुक भएका छन् ।
सुशान्तको प्रेममा पागल भएकी अंकिताको बिहेमा उनीहरुले सुशान्तलाई सम्झेका हुन् । अंकिताले सुशान्तलाई भुलेर विवाह गरेको भन्दै फ्यान आक्रोशित बनेका हुन् ।
सन् २००९ मा टेलिभिजन शृंखला ‘पवित्र रिस्ता’ मा अभिनय गरेर चर्चामा आएकी उनी दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको पूर्वप्रेमिकाको रूपमा परिचित छिन् ।
उनले सन् २०१९ मा ‘मणिकर्णिका’ फिल्मबाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनका प्रेमी बिक्की भने बिजनेस म्यान हुन् ।
उनीहरू केही वर्षयता प्रेममा छन् । उनीहरूले आफ्नो बिहेमा क-कसलाई बोलाउने भनेर लिस्ट तयार गरी खबरसमेत गरिसकेका छन् ।
यसै वर्ष अर्थात् २०२१ मै बिहे गरेका बलिउड स्टारमा राजकुमार राव, कैटरिना कैफ र बिक्की कौशल छन् ।