
अब कैलै पनि नछुटिने बाचा गरेर मिलेका राहुल र स्मिताको जिवनमा फेरी के भयो, दुई पटक सम्म मिडियामा आएर बिहे समेत गरेका यो जोडिले फेरी बिगारे घर, इन्डियान लाहुले राहुरले पत्नि स्मिितालाई घर मानै छाडेर गएको दिन देखि न फोन न एसएमस गरे अर्के केटिको चंकरमा लागेका राहलले अन्तत् गरे यि सुन्दरी मोडलसंग धुमधामका साथ बिहे, पतिले दोस्रो बिहे गरेपछि रुँदै लौन मिलाई दिनु भन्दै युटुबे संन्तोस देउवासंग दुई हात जोडेर मिडियामा आएर भक्कानो छोडरे रोइन स्मिता
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।
२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।
परराष्ट्रलाई पठायो जानकारी : बेलायती रक्षा मन्त्रालयले लन्डनस्थित नेपाली दूतावासमार्फत् परराष्ट्र मन्त्रालयमा यससम्बन्धी जानकारी पठाएको छ । मन्त्रायका एक अधिकारीले बेलायतको उक्त निणर्यबारे जानकारी आएको बताए । ‘बेलायतले सार्वजनिक गरेको विवरण प्राप्त भएको छ । यसबारे अध्ययन गर्दैछौं’ उनले भने । ती अधिकारीका अनुसार नेपाल सरकारको आधिकारिक धारणा बेलायती सेनामा काम गरेका पूर्व बेलायती नागरिक सरह नै पेन्सन पाउनु पर्छ भन्ने नै हो ।