
बेलायतमा नेपाली व्यवसायीहरुले सञ्चालन गरेका सुनका गहना पसलमा भएको चो, री भएको छ ।
शुक्रबार बिहान नेपाली व्यवसायीहरुले सञ्चालन गरेका सुनका गहना ती पसलहरुबाट ठूलो परिमाणमा सुनचाँदीका गहनाहरु चो री भएको बेलायती प्रहरीलाई उदृत गर्दै डेल्ली मेलले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार बिहान करिब ३: २० मा अल्डरसट स्टेसन रोडमा रहेको अनुग्रह ज्वेलर्स र भिक्टोरिया रोडमा रहेको न्यू लक्ष्मी ज्वेलर्समा डकैती भएको हो ।
दुवै घटनामा प्रयोग भएको सिल्भर रङको ल्याण्डरोभर डिस्कभरी भिक्टोरिया रोडमा छाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
त्यस्तै चो री गर्दा गाडीले हा नेर सटर फु टाइएको पाइएको छ । घटनाबारे जानकारी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
एक अपिल जारी गर्दै प्रहरीले चो रीको बारेमा थाहा भएमा सर्वसाधारणलाई सूचना दिन आग्रह गरेको छ । सर्वसाधारणहरुले दिएको सूचनाको आधारमा चो रीमा संलग्न हुने मानिसहरुलाई प क्रा उ गर्न र पीडितलाई क्षतिपूर्ति दिन सजिलो हुने भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो ।
प्रहरीले चोरीमा संलग्नहरुलाई प क्रा उ गर्न अनुसन्धान अघि बढाएको छ । प्रहरीले आफूहरुले भेटेका सिसिटिभी फुटेज, डोरबेल, ड्यासक्यामहरुबारे प्रहरीलाई जानकारी दिन भनेको हो ।