बुधबार २४ जेठ २०८०

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौंडास्थित पृथ्वीराजमार्गको छेउको नालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

वृद्ध शुक्लागण्डकी नगरपालिका वडा नं. ३ निवासी करिव ७२ वर्षिय मोहन बहादुर थापा रहेको वडा नं. ३ का सदस्य विष्णुहरि गर्तौलाले जानकारी दिए । उनका अनुसार उनी आइतवारदेखि घरबाट सम्पर्कविहिन भएका थिए । आइतवार साँझ र सोमवार दिनभर परिवारले खोजी गरेको थियो ।

दिउँसो नालीमा घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नालीमा कसरी खसे भन्ने कुरा खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले घट्नास्थलाई सिल गरेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।

२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।


Last Updated on: December 14th, 2021 at 11:02 am
४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया