बुधबार १७ जेठ २०८०

दाङमा स्कुल बसले ठ’ क्क’र दिँ’दा दुई वर्षीय बालकको मृत्यु, परिवारमा रुवाबासी

दाङमा स्कुल बसले ठ’क्क’र दिँ’दा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–६ अगेरा निवासी रोहित पाण्डेको दुई वर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको हो ।

सोही ठाउँबाट विद्यार्थी लिएर अगेरातर्फ आउँदै गरेको ना३ख ९९९३ नंको बसले सोमबार बिहान सवा १० बजे ठ’क्क’र दिँ’दा ग’म्भी’र घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको टा’उ’कामा ग’म्भी’र चो’ट ला’गे’को थियो । ठ’क्क’र दि’ने बस बबई स्टार लिटिङ बोर्डिङ स्कुलको रहेको प्रहरीले बताएको छ ।

यो पनि, विभिन्न योजनाका लागि रु पाँच करोड माग- तनहुँको भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो ।

नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गर्नुभयो । उहाँले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ ।

मन्त्री श्रेष्ठले समाजवादी पार्टीको सङ्गठन मजबुत बनाउनका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्र गण्डकीमा तनहुँमा २१ -नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट २१ जना चयन हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न प्रदेश कमिटीको अधिवेशनबाट तनहुँका २१ जना सदस्यमा चयन हुनुभएको हो ।

तनहुँका नेताहरू हेमराज लामिछाने (क्षितिज), ओमराज आले (मदन), अतिन्द्र केशरी न्यौपाने, गीता शाही, सूर्यबहादुर गौली, रामबहादुर थापा, सर्वदा खनाल, मुक्ति सिग्देल, विकास श्रेष्ठ, विद्या क्षेत्री, सृजना सिग्देल, दिनेश गौतम, दिपक पन्त, शुक्र चुमान, खुम बहादुर विक, दिलबहादुर नेपाली, पूर्णसिंह थापा, भिमबहादुर राना, करुणा गुरुङ, जौ माया विक र देविका बुर्जा मगर चयन हुनुभएको छ ।


Last Updated on: December 14th, 2021 at 12:16 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया