
एजेन्सी।संसारमा अनेक घटना हुन्छन्।जसले मानिसको जिवनमा नै असर गर्छ।हिन्दु धर्मशास्त्र अनुसार विवाह बन्धन सात जुनीसम्मको नाता हो। त्यसैले यो सम्बन्धलाई निकै सम्मानका साथ निभाइन्छ।
हिन्दु धर्ममा विवाहलाई दुई परिवारबीचको सम्बन्धका रुपमा लिइन्छ।त्यसैले विवाहमा वेहुला र वेहुली मात्र होइन दुई परिवारबीचको नाता सम्बन्ध जोडिने भएकाले यसको ठूलो महत्व हुन्छ।
तर आधुनिक समाजमा यसको महत्व कम हुँदै गएको भान हुन्छ।विवाहको निर्णय गरेर पनि अन्तिम अवस्थामा धोका भएका कति उदाहरण छन्।तर यहाँ त विवाह मण्डप वाटै बेहुला हराएका छन्।जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागे पछि वेहुलीको अवस्था के भयो होला ?
यस्तो घटना भारतको कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा भएको छ।आधा विवाह गर्दागर्दै बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्।
बेहुला हराएपछि उनको खोजी गरियो तर उनी फेला परेनन्।यो घटनाले बेहुला र बेहुलीकै परिवार विक्षिप्त बनेका थिए।अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेका थिए।
सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ।यो घटनापछि बेहुलीको परिवारले विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि मानहानीको मुद्दा हालेका छन्।
छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान,खुल्यो यस्तो अनौठो रहस्य
एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भाधानद्धारा सन्तान पाउने योजना बनाउँछन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ ।के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेमीको बच्चा जन्माएकी छिन् । खासमा पति र पुरुषको वी’र्य हेरफेर गर्दा त्यस्तो अवस्था आएको हो ।
एक क्लिनिकले पत्नीसँग मिलेर स्प’र्म हेरफेर गर्दा कडा सजाय भोग्नु परेको छ । क्लिनिकले पनि आफ्नो गल्ती स्विकार गरिसकेको छ । क्लिनिकले उपचारको क्रममा पतिको स्प’र्ममा महिलाको प्रेमीको स्प’र्म बदलिदिएको थियो । क्लिनिकले प्रेमीको स्प’र्म बदलिदिने र मेडिकलको पुरै खर्च पतिबाट उठाउने कबुल गरेको थियो ।
डेली मेलको खबर अनुसार रसियामा ३८ बर्षिया याना एनोहिन नामकी यी महिलामाथि उनका पति मैक्सिम एनोहिनले धोका दिएको आरोप लगाएका छन् । वास्तवमा छोराको जन्म भएपछि पति पत्नीबीच झ’ग’डा सुरु भएको थियो ।वैवाहिक सम्बन्ध बिग्रदै जाँदा यानाले मैक्सिसलाई बच्चाको सारा सच्चाई बताएकी हुन् । यानाले पतिसँग उपचारको खर्चबाट बच्न स्प’र्म हेरफेर गरेको बताइन् ।
यानाले जन्माएको छोराको बाबु उनकै प्रेमी भएको तर सबै खर्च भने पतिले नै गरेका थिए । मैक्सिसले पत्नी र क्लिनिकमाथि पनि मु’द्दा हालेका छन् । उनले आफुमाथि धोका भएको हुँदा आफु वि’क्षि’प्त भएको बताएका छन् ।सबैभन्दा धेरै घाटा भने बच्चा जन्माउन सहयोग गर्ने क्लिनिकलाई भएको छ । क्लिनिकले पतिलाई क्षतिपूर्ति बापत रकम तिर्नेछ भने पत्नि पनि अब प्रेमीसँगै जानेछिन् । प्रेमीले के गर्ने हो त्यो जानकारी भने आइसकेको छैन ।