बुधबार १७ जेठ २०८०

विदेशमा संगै काम गर्ने ईन्डियनले खिचेको अ’श्लिल तस्वीरले नेपाली युवाती त’नाबमा

२८ मंसिर, काठमाडौं । भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम र काठमाडौंकी कविता (नाम परिवर्तन) यूएईमा एउटै कम्पनीमा काम गर्थे । सँगै काम गर्दा भएको चिनजान झाँगिदै गर्दा उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । त्यतिबेला सलिमले कवितासँगको अन्तरंग तस्वीर पनि खिचेका थिए । तर, कविता त्यसबारे जानकार थिइनन् । नेपाल फर्किएपछि उनी सालिमसँग टाढा हुन थालिन् ।

‘तर उनलाई चाहिँ कविता टाढा भएको मन परेन, उनले बोल्न छाडेपछि पहिले खिचेको अन्तरंग तस्वीर देखाएर ब्ल्याक’मे’ल गर्न थाले’ काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुस’न्धान अधिकृत भन्छन्, ‘आफन्तलाई पठाइदिने भन्दै ध’म्की आउन थालेपछि हामी कहाँ उजुरी पर्‍यो ।’ सालिमले उनलाई भेट्ने प्रस्ताव गरिरहेका थिए । त्यहीबेला प्रहरीसँगको सहयोग लिन पुगिसकेकी कविताले उनलाई नेपाल बोलाइन् ।

त्यसपछि कवितालाई भेट्ने भन्दै काठमाडौंको एक होटलमा आएका सालिम त्यहीँबाट पक्रा’उ परे । अहिले उनीविरुद्ध विद्युतीय अपरा’ध ऐन, २०६३ अनुसार ५ दिन म्याद थप गरेर काठमाडौं प्रहरीले विस्तृत अनुस’न्धान गरिरहेको छ । अनलाइन खबर बाट


Last Updated on: December 15th, 2021 at 10:41 am
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया