बुधबार १७ जेठ २०८०

नेपालगञ्जमा विद्यार्थी ब ला त्कार गरेको आ रो पमा शिक्षकलाई प क्रा उ गरिएको छ। प क्रा उ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक ब ला त्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक ब ला त्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई ब ला त्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर ब ला त्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पहिलो पटक ब ला त्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने ध म्की दिने गरेका थिए ।

मंसीर १० गते आफ्नै कोठामा बोलाएर शिक्षक रावलले ब ला त्कार गरेका थिए । छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने ध म्की दिने गरेको र मंसीर १० गते साँझ ५ बजेतिर कोठामा लगेर ब ला त्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

मंसीर २३ गते छात्राले जाहेरी दिएपछि शिक्षक प क्रा उ परेका छन् । उनलाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।


Last Updated on: December 15th, 2021 at 11:19 am
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया