आइतबार २१ जेठ २०८०

एजेन्सी । कट्रिना कैफ र विक्की कौशल अहिले पति–पत्नी बनेका छन् । गत डिसेम्बर ९ मा विवाहपछि दुवै दोस्रो दिन हनि मुनमा गएका थिए । अहिले यो जोडी हनि मुनबाट फर्किएका छन् । विवाहपछि दुवै पहिलो पटक मुम्बई एयरपोर्टमा श्रीमान्–श्रीमतीको रुपमा देखिएका छन् ।

कट्रिना र विक्कीले पापाराजीलाई खुसीसाथ अभिवादन गरे। यस क्रममा कट्रिना निकै सुन्दर देखिएकी थिइन् । हल्का गुलाबी रंगको चुडीदार, सिउँदोमा सिंदूर, घाँटीमा मङ्गलसूत्र, हातमा चुरा लगाएको कट्रिनाको यो विवाहित लुक निकै मोहक देखिएको थियो । अर्कोतर्फ, विक्की कौशलले अफ ह्वाइट शर्ट र प्यान्ट लगाएका थिए। दुवै एकअर्काका पूरक थिए ।

राजस्थानमा शाही शैलीमा डेस्टिनेशन वेडिङ गरेपछि कट्रिना र विक्कीले हरेक दिन आफ्नो बिहेको तस्बिर सेयर गरिरहेका छन् । मेहन्दी, हल्दी, सातफेरेदेखि शाही दरबारमा शाही फोटो सु ट सम्म यी नवविवाहित जोडीका तस्बिरहरू भाइरल भइरहेका छन्। दुलही बनेकी कट्रिना निकै सुन्दर देखिएकी छन् । अर्कोतर्फ, विक्कीको दुलहाको लुक देखेर फ्यानहरु मख्ख परेका छन् । हरेक तस्विरले उनीहरुको खुशीको नयाँ पाना खोल्छ ।

विवाहपछि १० डिसेम्बरमा कट्रिना र विक्कीको परिवारका सदस्य र पाहुना मुम्बई फर्किएका थिए । विक्की र कट्रिना विवाहपछि हनि मुनका लागि माल्दिभ्स जाने चर्चा थियो । दुवैलाई हेलिकोप्टरमा बसेको पनि देखियो । यद्यपी उनीहरुको हनि मुन गन्तव्यको बारेमा अहिलेसम्म केही खुलाइएको छैन ।

कट्रिना र विक्की ६ डिसेम्बरमा मुम्बई एयरपोर्टमा सँगै देखिएका थिए । उनीहरु बिहेका लागि राजस्थान गएका थिए


Last Updated on: December 15th, 2021 at 11:22 am
४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया