बुधबार २४ जेठ २०८०

हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर वि ष्फो ट हुँदा कम्तीमा ५० जनाको मृ त्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर वि ष्फो ट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर वि ष्फो टको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक प्रत्यक्षदर्शीले घटनास्थललाई नर्कको संज्ञा दिएको बीबीसीले जनाएको छ ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।


Last Updated on: December 15th, 2021 at 12:12 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया